राजनीति
काठमाडाैं । नेपाल विध्यार्थी संघ रात्नराज्य लक्ष्मी क्याम्पस इकाईले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै मसाल जुलुस निकालेको छ ।
दलीय संलग्नता भएको व्यक्ति सरकारको उच्च पदमा बस्नु उचित नहुने भन्दै तत्काल राजीनामा दिन माग गर्दै राँके जुलुस निकालेको हाे ।
नेकपा (एमाले)को अर्थ विभागमा सदस्यमा एम अधिकारी भनेर नाम आएपछि उनी विवादमा तानिएका थिए ।
प्रकाशित मिति: आइतबार, साउन १, २०७९ १९:५१
प्रतिक्रिया दिनुहोस्