site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तालिबान संस्थापक ओमारको गाडिएको कार संग्रहालयमा

काबुल । अफगानिस्तानको राष्ट्रिय संग्रहालयले एउटा नयाँ अस्वाभाविक तथा अनौठो चिज सार्वजनिक प्रदर्शनमा राख्ने भएको छ । त्यो हो, सन् २००१ देखि जमिनमुनि गाडिएका ई१००–जेनरेसन टोयोटा कोरोल्ला स्टेसन वागन । 

यो वागन कट्टरपन्थी इस्लामिक समूह तालिबानका संस्थापक मुल्लाह मोहम्मद ओमारको हो । उनले यो सवारी साधन सन् २००१ मा अमेरिकी फौजबाट बच्नका लागि प्रयोग गर्ने गरेका थिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

एनबीसीका अनुसार सन् २००१ को ११ सेप्टेम्बरमा अल कायदा समूहको निर्देशनमा हजारौँ व्यक्तिको ज्यान जाने गरी अमेरिकाका विभिन्न स्थानमा आत्मघाती आतंककारी हमला गराएपछि अमेरिकाले अफगानिस्तानमा फौज पठाउन साथ ओमारले ज्यान जोगाएर भाग्दै कान्दहार सहरबाट जावुल प्रान्तमा पुग्न यो कोरोल्ला प्रयोग गरेका थिए । 

कुनै ग्यारेजमा कोरोल्ला राख्दा अमेरिकी फौजले आफू कहाँ छु भन्ने सुइँको पाउने डरले ओमारले अहिलेसम्म पनि गोप्य राखिएको एक स्थानमा प्लास्टिकले छोपेर जमिनमुनि लुकाउन लगाएका थिए । 

तालिबान फौजले अमेरिकी फौज स्वदेश फर्केपछि आफ्नो शक्ति प्रदर्शन गर्ने क्रममा ओमारको मृत्यु भएको करिब दश वर्षपछि सन् २०२२ को जुलाईमा यो कोरोल्ला जमिन मुनिबाट निकाल्ने निर्णय गरेको हो । 

पाकिस्तानस्थित कराँची ट्रयाक पेजले फेसबुकमा कोरोल्लाका तस्बिरहरू राख्दै आश्चर्यजनक रूपमा यसको अवस्था ठिकठाक रहेको बताएको छ । एजेन्सी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  ०४:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro