site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बम काण्डमा सफाइ पाएका सिख व्यापारीको क्यानडामा हत्या

मोन्ट्रियल । सन् १९८५ मा एयर इन्डियाको उडानमा बम विस्फोट गराएको अभियोगमा सफाइ पाएका एकजना पुरुषलाई क्यानडामा गोली हानी हत्या गरिएकाे प्रहरीले जनाएको छ । 

रिपुदामन सिंह मलिकलाई योजनाबद्ध तरिकाले हत्या गरेको प्रहरीले आशंका गरेको छ । ब्रिटिस कोलम्बियाको सर्रीमा आफ्नै कारभित्र गोली हानी हत्या गरिएका उनलाई कार नजिकै जलाइएको अवस्थामा फेला पारिएको थियो । 

विमानमा सवार ३२९ जना मानिसको ज्यान जाने गरी गराइएको बम विस्फोटमा मलिकले आफ्नो हात नरहेको अडान लिँदै आएका थिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनलाई सन् २००५ मा उक्त अभियोगमा सफाइ दिइएको थियो । तर, प्रहरीलाई अनुसन्धानमा गोलमाल गरेको आरोप लागेको थियो । 

सन् १९८४ मा सिखहरूको पवित्र धार्मिक स्थल ‘स्वर्ण मन्दिर’मा तत्कालीन भारत सरकारले फौज प्रवेश गराएको बदला स्वरूप क्यानडास्थित सिख समुदायले विमानमा बम विस्फोट गराइएको हुनुपर्ने विश्वास गरिन्छ । यसलाई क्यानडाको अहिले सम्मकै सबैभन्दा भयावह आतंककारी घटनाको रूपमा सम्झिने गरिएको छ । 

दुई वर्षसम्म मुद्दा चलेपछि सिख व्यापारी मलिक र अर्का आरोपित अजाइव सिंह बाग्रीलाई दुई वटा बम विस्फोट गराइ आम नरसंहारको षड्यन्त्र रचेको अभियोगबाट सफाइ दिइएको थियो ।

क्यानडाली प्रहरीले मलिकको हत्या पछाडिको उद्देश्य पत्ता लगाउन अझै अनुसन्धान गरिरहेको बताएको छ । 

सन् १९८५ को २३ जुनमा एयर इन्डियाको कल साइन १८२ बोकेर क्यानडाबाट भारततर्फ उडिरहेको विमान आइरिस तटीय क्षेत्रमा विस्फोट भएको थियो । त्यसमा मारिनेमध्ये अधिकांश भारतमा आफन्तलाई भेट्न जाँदै गरेका क्यानडाली नागरिक परेका थिए । 

ठ्याक्कै त्यहीबेला जापानमा नियोजित समय भन्दा पहिल्यै अर्को एउटा बम विस्फोट हुँदा ब्यागेज मिलाउँदै गरेका दुई व्यक्तिको ज्यान गएको थियो । 

बीबीसीबाट ।    
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  २२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro