किभ । युक्रेनमा रुस समर्थित पृथकतावादीले कब्जामा लिएका बेलायती नागरिक पाउल उरीको हिरासतमै मृत्यु भएको छ ।
४५ वर्षीय उरीको परिवारसँग बेलायतका विदेश मन्त्रालयले सम्पर्क राखेको सहायता समूह प्रेसिडियम नेटवर्कले जनाएको छ ।
यस समूहले उरीका आफन्तलाई मद्दत गर्दै आएका थिए । यो घटना सुनेर स्तब्ध बनेकी उरीकी आमाको हालत नाजुक रहेको बताइएको छ ।
बेलायतले बेलायती सहायताकर्मी उरीको मृत्युको विषयमा तत्काल युक्रेन र रुसी सरकारबाट स्पष्टीकरण खोजिरहेको जनाएको छ ।
चेसायरको वार्रिंगटन निवासी उरीलाई त अप्रिलमा स्वघोषित दोनेत्स्क जन गणतन्त्र (डीपीआर)मा हिरासतमा लिइएको थियो । उनलाई भाडाको सैनिक भएको अभियोग लगाइएको थियो ।
गत २५ अप्रिलमा मानवीय उद्धार अभियानमा लागिरहेका बेला डाइलन हियली नामक अर्को एक पुरुषसँगै उनलाई रुसी फौजले नियन्त्रणमा लिएको थियो । त्यतिवेला युद्धको कारण अलपत्र परेका एक महिला र उनको परिवारको उद्धारका लागि ती दुवै दक्षिण–पूर्वी जापोरिझझिया सहर नजिकको चेकप्वाइन्टमार्फत रुसी भूभागमा प्रवेश गर्ने प्रयास गरिरहेका थिए ।
उनकी आमा टाइप १ डायविटिज पीडित तथा इन्सुलिन लिनुपर्ने आफ्नो छोराको स्वास्थ्यलाई लिएर निकै चिन्तित रहने गरेकी थिइन् ।
गिर्दो स्वास्थ्य अवस्थामा र चिन्ताको कारण उरीको हिरासतमै १० जुलाईमा मृत्यु भएको थियो ।
बीबीसीबाट ।