काठमाडौं । संयुक्त राज्य अमेरिकाले बुधबारसम्म ४३ वटा राज्यमा एक हजारभन्दा बढी बिरामीमा मंकीपक्स संक्रमण भेटिएको पुष्टि गरेको छ ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सीडीसी० को पछिल्लो तथ्यांकअनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै १६१ जनामा मंकीपक्सबाट संक्रमित भएको पुष्टि भएको छ । त्यसैगरी न्युयोर्कमा १५९ र इलिनोइमा १५२ जनामा उक्त रोग संक्रमण पुष्टि भएको छ सीडीसीले उल्लेख गरेको छ ।
अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागको पछिल्लो तथ्यांकअनुसार बिफर र मंकीपक्स रोकथामका लागि संकेत गरिएको अमेरिकी खाद्य तथा औषधि प्रशासनद्वारा अनुमति प्राप्त खोप (जेवाईएनएनईओएस) को एक लाख ३२ हजारभन्दा बढी मात्रा राष्ट्रव्यापीरूपमा मंगलबारसम्म लगाइएको छ ।
विशेषज्ञहरूको भनाइअनुसार संक्रमित बढ्दै गएपछि स्थानीय स्तरमा मंकीपक्सको खोपको अभाव देखिएको छ । रासस