site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजनीतिक संकटमा इटलीका प्रधानमन्त्री ड्राघी 

रोम । लोकप्रियातावादी गठबन्धनका साझेदार फाइभ स्टारले बिहीबार इटलीको सिनेटमा भएको विश्वासको मतदानबाट आफूलाई अलग्याएपछि इटालीका प्रधानमन्त्री मारियो ड्राघीको नेतृत्वमा रहेको सरकार धराशायी हुने स्थितिमा पुगेको छ । 

सन् २०२१ को फेब्रुअरीदेखि युरोपेली केन्द्रीय बैंकका पूर्वअध्यक्ष ड्राघीले एकता सरकारको नेतृत्व सम्हालेका थिए । 

तर, फाइभ स्टारका नेता गिउसेप्पे कोन्टेले प्रधानमन्त्री ड्राघीलाई मुलुकमा महँगिँदै गइरहेको जीवनयापन समस्या समाधान गर्न नसकेको आरोप लगाएका थिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

सिनेटमा भएको मतदानमा सजिलैसँग विजय हासिल गरेपनि ड्राघीको राजनीतिक भविष्य अहिले शंकाको घेरामा रहेको छ । उनले फाइभ स्टार बिना सरकार निरन्तर हुन नसक्ने अडान पटक पटक दोहाेर्‍याएका छन् । 

मतदानको परिणाम आएलगत्तै उनी राष्ट्रपति सर्गियो म्यात्तारेल्लालाई भेट्न पुगेका थिए । राष्ट्रपतिले उनलाई सरकारमा बसिरहन अनुरोध गर्ने अपेक्षा गरिएको थियो । 

‘सुपर मारियो’ उपनामले पनि चिनिने प्रधानमन्त्री ड्राघीले राजनीतिक समर्थन अभावको कारण देखाउँदै राजीनामा दिए इटालियन जनताले चाँडै नै अर्को चुनावमा भाग लिनुपर्ने अनुमान गरिएको छ ।

बिहीबारको मतदान इटालियन परिवार र व्यापारी तथा व्यवसायीलाई आर्थिक सहयोग प्रदान गर्ने अर्बौँ डलरको प्याकेजको मतसँग जोडिएको थियो । 

युरोपेली संघ (इयू)का आर्थिक आयुक्त तथा इटलीकै पूर्वप्रधानमन्त्री पावोलो जेन्टिलोनीले इयूको कार्यकारिणीले हस्तक्षेप नगर्ने गरी तथा चिन्तित र आश्चर्यमिश्रित भावले रोममा विकसित भइरहेको राजनीतिक घटनाक्रम हेरिरहेको जानकारी दिएका छन् । 

बीबीसीबाट ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  ००:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro