site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकामा उवर चालकहरूमाथि यौन उत्पीडनको आरोप 

वासिङटन । अमेरिकाको सार्वजनिक यातायात सेवा उवर चालकहरूमाथि यौन उत्पीडनको आरोप लागेको छ । 

उवर चालकले आफूहरूमाथि यौन उत्पीडन गरेको भन्दै ५५० जना महिलाले क्षतिपूर्तिको माग गरेका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनीहरूले दायर गरेको उजुरीमा उवर चालकहरूले महिला यात्रुलाई अपहरण, यौन उत्पीडन, यौन आक्रमण र बलात्कार गरेका तथा झुटो बन्दी बनाइएको, पछ्याएको र हतोत्साहित गरेको गुनासाहरू उल्लेख गरिएका छन् । 

क्षतिपूर्तिको मागसहित बुधवार सान फ्रान्सिस्को काउन्टी उच्च अदालतमा मुद्दा दायर गरिएको हो । 

यस सम्बन्धमा उवरका एकजना प्रवक्ताले भनेका छन्, “यौन उत्पीडन डरलाग्दो अपराध हो । हामीले प्रत्येक प्रतिवेदनलाई गम्भीर ढंगले लिनेछौँ । सुरक्षा भन्दा ठूलो महत्वपूर्ण अरु केही छैन । यसकै कारण उवरले नयाँ सुरक्षा विशेषताहरू निर्माण गरेको छ । ‘सर्भाइभर–सेन्ट्रिक’ नीतिहरू सुरु गरेको उवर गम्भीर घटनाहरूका बारेमा थप पारदर्शी भएको छ ।”
 
वकिलहरूले स्लाटर स्लाटर स्कलम्यान ल फर्ममा दायर गरेको उजुरी पत्रमा अमेरिकाका थुप्रै राज्यमा उवरका चालकहरूबाट यौन उत्पीडन भएको उल्लेख गरिएको छ । 

साथै, कम्तीमा १५० वटा अन्य यस्तै घटनामाथि सक्रिय रूपमा अनुसन्धान भइरहेको बताइएको छ । 

बीबीसीबाट । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  २३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro