site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भागेर सिंगापुर पुगेका श्रीलंकाका राष्ट्रपति राजापाक्षेले दिए राजीनामा

कोलम्बो । प्रदर्शन चर्किएपछि भागेर सिंगापुर पुगेका श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षेले पदबाट राजीनामा दिएका छन् । उनले इमेलमार्फत सभामुखलाई राजीनामा पत्र पठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गोताबायाको राजीनामापछि राजधानी कोलम्बोमा प्रदर्शनकारीहरूले खुसियाली र्‍याली निकाले छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

गत मंगलबार राति श्रीलंकाबाट भागेर माल्दिभ्स पुगेका राजपाक्षे त्यहाँबाट सिंगापुर पुगेका हुन् । उनको साथमा उनकी पत्नी र दुईजना अंगरक्षक रहेको बताइएको छ । 

सिंगापुरको विदेश मन्त्रालयले राजापाक्षेले राजनीतिक शरणका लागि अनुरोध नगरेको स्पष्ट पारेको छ । उनलाई शरण पनि नदिइएको सिंगापुरको दाबी छ । 

निमित्त राष्ट्रपति रनिल विक्रमसिङ्घेलाई सपथ ग्रहण नगरेसम्म उनलाई अन्तरिम राष्ट्रपति मानिने छैन । सपथ ग्रहण गरेको ३० दिनभित्र उनलाई संसद्बाट समर्थन पाउनुपर्छ । उनले समर्थन पाउन नसके नयाँ राष्ट्रपति चयनको प्रक्रिया अगाडि बड्छ ।

गोताबायाले लामो समयदेखि राजीनामा दिन अस्वीकार गर्दै आएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  २२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro