site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न आरोपमा पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । पर्सामा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–१४ घर भएका ४२ वर्षीय बाबु घिसिङ छन् ।

वीरगन्ज महानगरपालिका–१६ बाट भारततर्फ जान लागेका घिसिङ र २२ वर्षीया युवतीलाई प्रहरीले माइती नेपालका कर्मचारीको उपस्थितिमा नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानका क्रममा घिसिङले युवतीलाई भारतको कोलकातास्थित अस्पतालमा मासिक ६० हजार रुपैयाँको काम लगाइदिने प्रलोभन देखाएको खुलेको छ । उनले काठमाडौंमा यही असार २७ गते भेटी सोही दिन वीरगन्ज बसपार्क पुर्‍याएको र प्रहरीको बोर्डर चेकपोस्टमा ‘बाराको अमलेखगन्ज घर हो र भारतको रक्सोलमा कपडा खरिद गर्न जान लागेको’ भन्न सिकाएको पनि खुलेको छ ।

उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसुरमा अनुसन्धानका लागि जिल्ला अदालत पर्साबाट पाँच दिनको अनुमति लिइएको प्रहरीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro