site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादीमा अरू पदाधिकारीको टुंगो छैन, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी पक्का !
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ पक्का भएका छन् । पार्टी पदाधिकारीको टुंगो नलाग्दै वरिष्ठ उपाध्यक्षमा भने श्रेष्ठ पक्का भएका हुन् । माओवादी केन्द्रमा स्थायी कमिटीले पनि पूर्णता पाएको छैन ।

माअ‍ोवादी केन्द्रको विधानमा सातजना उपाध्यक्ष र एकजना वरिष्ठ उपाध्यक्ष रहने व्यवस्था छ । गएको अधिवेशनबाट सिर्जित वरिष्ठ उपाध्यक्ष पद श्रेष्ठको भागमा परेको हो । माओवादी केन्द्रका अन्य पदाधिकारीको भने टुंगो लागेको छैन । 

माओवादी केन्द्रले महाधिवेशन गरेको सात महिनापछि बिहीबार पोलिब्युरो र स्थायी कमिटी गठन गर्‍यो । पोलिब्युरो सार्वजनिकसँगै भएको विवाद भएपछि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बैठक नै स्थगित गर्नुपरेको थियो । विवाद सल्टाएर पुन: बैठक बसेपछि प्रचण्डले स्थायी कमिटी ४१ सदस्यीय हुने बताए ।

उनले स्थायी कमिटीमा नेकपाकालीन १५ सदस्य रहने घोषणा गरेका छन् । त्यसबाहेक सात प्रदेशका इन्चार्ज र पार्टी कार्यलयका मुख्य सचिव पनि स्थायी कमिटीमा रहनेछन् । तर, पदाधिकारीको नाम भने आफूसँग तयार नै रहेपनि मातृका यादवले विरोध गर्ने भन्दै केही दिनमै सार्वजनिक गर्ने बताए ।

“पदाधिकारीको नाम म अहिले नै पठ्न सक्थेँ तर, मातृकाजीले विरोध गरीहाल्नुहुन्छ, त्यसैले प्लिज मलाई पढन नलाउनुहोस्,” बैठकमा प्रचण्डले भने, “दुईचार दिनभित्रै पदाधिकारी टुंगिन्छ । सबैको मुख उज्यालो हुनेगरी टुंगिन्छ ।”

तर, उनले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको विकल्न नरहेको संकेत गरे । 

“वरिष्ठ उपाध्यक्षमा त नारायणकाजी नै हो,” प्रचण्डले भने, “सबै पदाधिकारीको नाम दुईचार दिनमै सार्वजनिक हुने छ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  १७:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro