site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कलाकार नभए व्यापारी, व्यापारी पनि नभए ज्योतिष बन्ने थिएँ
Tiktok banner adTiktok banner ad
काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । 
आजका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आआफ्ना इलाकामा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।
यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । 
राजा प्रताप मल्लले पुत्रशोकले बिह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आआफ्नो मरेका अाफन्तका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू” भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जन श्रुति पाइन्छ । 
यसै मेसोमा हामीले हास्य कलाकार किरण केसीलाई केही यस्ता गाईजात्रे प्रश्न सोध्यौं । किरणले पनि गाईजात्रे नै जवाफ दिए ।  
गाईजात्रा भनेको के हो ? 
परापूर्वक कालमा छोराको मृत्यु वियोगमा शोकाकुल पत्नीको मन बहलाउन राजाले वर्षदिन भित्र ज्यान गुमाएका सदस्यको सम्झनामा परिवारले प्रत्यक वर्ष मनाउने थालेको पर्व हो । 
ज्यान गएका परिवारका सदस्यले पो मनाउने होला त यहाँ त हास्य कलाकारले पो मनाउँछन् किन ?  
हामी पारिवारि रुपमा पनि मनाउँछौं । सँगै देशको राजनीतिक, आर्थिक तथा सांस्कृतिक विकृति र विसंगती विरुद्ध कलाकारिता मार्फत व्यङ्ग्य गर्छौं । यसलाई सुशासन र उन्नत समाज निर्माणका लागि गरिएको सकारात्मक प्रयास भनेर बुझ्नु पर्छ । 
हास्य कलाकारलाई नेपालमा ३६५ दिन नै गाइजात्रा छ होइन ? 
देशमा राजनीतिक स्थिरता कायम भएसम्म र देशले विकासको बाटो नसमाएसम्म हामीले यही माध्यमबाट दवाव दिइरहन्छौँ । यो हाम्रो दायित्व हो । 
हास्य टेलिसिरियल हेर्दा सँधै गाइजात्रा जस्तै लाग्छ भन्नेहरु पनि छन् नी ?
कसले कसरी लिन्छ भन्ने हो । एउटै कुरा कसैलाई राम्रो लाग्न सक्छ भने त्यही कुरा अरुलाई नराम्रो पनि लाग्न सक्छ । हेर्न आँखा र दृष्टिकोणमा भरपर्छ । मन नपराउन पनि पाइन्छ । त्यो दर्शकको अधिकार पनि हो । जनतालाई सूसूचीत गराउन गरिएका कुरा कसैलाई गाइजात्रा लाग्न सक्छ कसैलाई उतकृष्ठ लाग्छ भने यो दर्शककै नजरमा छोडदिनु पर्छ । 
कलाकार नभएको भए के बन्नुहुन्थ्यो होला ? 
सफल व्यापारी बन्ने थिएँ होला । 
असफल व्यापारी भएको भए ? 
हात हेर्ने ज्योतिश बन्ने थिएँ । नाम चलेको राम्रो ज्योतिश बन्ने थिएँ । 
राम्री केटीको मात्रै हात हेर्नुहुन्थ्यो होला है ? 
पक्कै पनि । तर, राम्री केटी मात्रै होइन सबैको हात हेर्ने थिएँ । म कसैलाई विभेद गर्दिन थिएँ । 
धेरै पैसा दिनेको राम्रो कम पैसा दिनेको नराम्रो हुन्थ्यो हेला है हस्त रेखा ? 
होइन । जस्तो थियो त्यस्तै भन्थें । शहरमा धेरै पैसा दिनेलाई राम्रो नदिनेलाई राम्रो भन्ने प्रचलन छ । म एमान्दार ज्योतिश हुनेथिएँ । दुई दुना चार नै भन्थें । 
पूर्वजन्म हुन्छ भने के बन्ने रहर थियो ?
मेरो कला देखेर भगवान प्रशन्न भएर वर माग भन्ने हो भने म ६ फिट हाइट भएको, कोक बडी भएको, अत्यन्तै राम्रो आँखा भएको र स्वर भएकी, यस्तो स्वर की कोइलीकी पनि हजुरआमाको जस्तो स्वर भएकी काली केटी भएर जन्मिेने थिएँ ।  
काली नै किन नी ?
मैले काली राम्रीहरु अमेरिकामा देखेको छु । गोरा त के राम्रा त्यस्का बाउ राम्रा देखेको छु । केटाहरु पक्लक पक्लक ढाल्ने कालीहरु देखेको छु ।  
तपाईलै भने जस्तै काली केटी भएर जन्मिएको भए कस्तो व्वाई फ्रेण्ड रोज्नु हुन्थ्यो ? 
म राम्रो केटो खोन्ने थिइन । विचार, बुद्धी राम्रो भएको मेरो भावना बुझने खालको केटो रोज्ने थिएँ । 
त्यस्तो केटो कसरी रोज्नु हुन्थ्यो ? 
अनुहार हेरेर थाहा हुँदैन थियो । साइकोलोजी बुझ्न अन्वर्तार्ता लिन्थेँ । 
अचानक पखेँटा पलायो भने उडेर कहाँ जानुहुन्थ्यो ?
सगरमाथा मेरो पहिलो गन्तब्य हुने थियो । सगरमाथा उडेर हेर्ने मलाई रहर छ । त्यो नै रहर पूरा गर्ने थिएँ । 
स्वर्ग जादाँ जाँदै एमराजले बाटैबाट नर्क पठाइदिए भने के गर्नु हुन्थ्यो ?
नेपालमा त घुसखोरी थियो थियो । यहाँ पनि घुसखोरी रछ । थुइक्क एमराज भनेर हिड्ने थिँए । 
स्टेजमा तपाईंले दशर्कलाई हसाउन खोज्दा दर्शक रोए भने के गर्नु हुन्थ्यो ?
मलाई कुन डाइलग बोल्दा दर्शक हाँस्छन् र कस्ता् अभिनय गर्दा रुन्छन भन्ने मलाई थाहा छ । यदी मैले हसाउँन खोज्दा रोए भने दर्शक बौलाए भन्ने ठान्छु । 
समलिंगी भएर जन्मिएको भए तपाईं म समलिंगी हुँ भनेर चिनाउनु हुन्थ्यो कि लुकेर बस्नु हुन्थ्यो ?
भगवानले जे दिए त्यसलाई खुला दिलले स्वीकार गर्ने हो । म त आफु जे हो त्यही अनुसार खुसीखुसी जीवन बिताउँथे । 
एउटी सुन्दर युवती अब यसरी दिनदिनै बाहिर बसेर हुँदैन म आजबाट तपाइँकै घरमा बस्न आँए भन्दै घर आइन् भने श्रीमतीलाई के भन्नुहुन्थ्यो?
 आज गाएजात्रा हो जे भन्न नि छुट् छ भन्थेँ । दिन दिनै त्यसो भन्दै आइन् भने खुस्एिकी केटी रैछ भनेर अस्पताल जैजान्थेँ । 
तस्बिरः राेजित खड्का
 
 
 
 
 
  
 
 
 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७३  ०९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro