राजनीति
काठमाडौं । नेकपा (एमाले)ले गण्डकी प्रदेशको बजेट राकिएकोप्रति आपत्ति जनाएको छ । बुधबार पत्रकार सम्मेलन गरेर उपमहासचिव तथा एमाले संसदीय दल गण्डकीका नेता पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री र अर्थमन्त्रीको विवादका कारण बजेटमाथिको छलफल राक्न नमिल्ने बताए ।
उनले तत्काल बजेटमाथिको छलफल अगाडि नबढाए मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजीनामा दिनुपर्ने बताए ।
"मुख्यमन्त्री र अर्थमन्त्रीको विवादका कारण बजेट रोकिएको छ । बजेटमाथि छलफल हुनुपर्यो । नभए मुख्यमन्त्रीले राजीनामा दिनुपर्यो," गुरुङले भने ।
उनले कांग्रेस र माओवादी केन्द्रको झगडाका कारण संसद्मा पेस भइसकेको बजेट रोक्न नमिल्ने बताए ।
प्रकाशित मिति: बुधबार, असार १५, २०७९ ०९:११
प्रतिक्रिया दिनुहोस्