काठमाडौं । नेपाल उद्योग परिसंघले युवा उद्यमी मञ्चले शनिबार ‘नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको छ । राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगार कोष नेपालस्थित भारतीय राजदूतावासको सहयोगमा स्टार्टअप फेस्ट २०२२ आयोजना गर्न लागेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
नेपालमा स्टार्टअप अभियानका रूपमा अगाडि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्त्वपूर्ण अंगको रूपमा स्थापित गराउन नवप्रवर्तनकारीलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेको हो । स्टार्टअपहरूलाई लगानीका लागि आवेदन पेश गर्न २७ जेठसम्मको समय तोकिएको थियो । यस अवधिका ३०० भन्दा बढी परियोजना प्रस्ताव आएको थियो ।
त्यसमध्ये नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० वटा प्रस्तावलाई प्रस्तुति गर्ने अवसर दिइनेछ भने पुँजी लगानीको अवसर पनि दिइनेछ । युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न परिसंघले युवा उद्यमी मञ्चमार्फत युवा उद्यमी मञ्चमार्फत युवाहरूलाई थप प्रोत्साहन गर्न कार्यक्रमको आयोजना गर्नको लागेका परिसंघले जनाएको छ ।
स्टार्टअप फेस्टले स्वदेशमै नयाँ उद्यम गर्न चाहने युवाहरूलाई उत्साहित बनाउने र करिब ५० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता गरिने परिसंघको जनाएको छ ।