site stats
बाह्रखरी :: Baahrakhari
देश
चितवनमा इनार सफा गर्ने क्रममा दुईजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चितवन । चितवनको माडीमा इनार सफा गर्ने क्रममा निसासिएर दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा माडी नगरपालिका–८ का २५ वर्षीय सूर्य गुरुङ र ३० वर्षीय शिव राई रहेका छन् ।

कार्यालका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार माडी नगरपालिका–७, देवेन्द्रपुरकी रिता रेग्मीको घरको इनार सफा गर्ने क्रममा आज दिउँसो इनारभित्र पसेका गुरुङ निसासिएपछि उनको उद्वारका लागि गएका राईको डोरी चुडिँदा उनीहरू पानीमा डुबेका थिए । पानीमा डुबेका उनीहरूको अक्सिजन कमी भएर मृत्यु भएको अनुमान गरिएको छ ।

इनारको पानी फाली उनीहरूको शव बाहिर निकालिएको कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, असार ४, २०७९  २१:३५
प्रतिक्रिया दिनुहोस्