देश
काठमाडौं । काठमाडौं महानगरपालिकामा हाजिर नगर्ने कर्मचारीको तलब कटौती गरिने भएको छ । कार्यालय समयमै उपस्थित नहुने र हाजिर नगर्ने कर्मचारीको तलब कटौती हुने भएको हो ।
महानगरले आज एक सूचना जारी गर्दै यस्तो बताएको हो । महानगरको हाजिर हेर्न वेबसाइटमा कतिपय कर्मचारीको हाजिर नगरिएको पाइएको महानगरको सूचनामा बताइएको छ ।
विभाग वडामा कार्यरत कर्मचारीहरूको विवरण प्रशासन विभागको जिमेलमा पठाउन निर्देशन दिँदै अन्यथा असार महिनाको तलब नबन्ने सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: बिहीबार, असार २, २०७९ १६:२२
प्रतिक्रिया दिनुहोस्