जेनेभा । एयर ट्राफिक कन्ट्रोल सर्भिस स्काइगाइडको एउटा कम्प्युटरले काम नगर्दा स्विट्जरल्यान्ड आउने र जाने सम्पूर्ण उडान घन्टौँ रोकिनु परेको छ ।
जेनेभा र जुरिचले प्रारम्भिक उडानहरू रद्द गरेका थिए । तर, जेनेभा विमानस्थलले एयर ट्राफिक विस्तारै पुनः सञ्चालन हुन थालेको घोषणा गरेको छ ।
बुधबार बिहान सबेरै देखा परेको प्राविधिक त्रुटिले गर्दा ‘सुरक्षाका कारण’ स्विस हवाई क्षेत्रमा उडान बन्द गर्नु परेको स्काइगाइडले जनाएको छ । केही उडान उत्तरी इटालीको मिलानतर्फ डाइभर्ट गरिएको थियो ।
स्काइगाइडका प्रवक्ता भ्लाडि बार्रोसाले ट्यागएसान्जिगर न्युज वेवसाइटलाई भनेका छन्, “कम्प्युटरको हार्डवेयरमा त्रुटि भएको जस्तो समस्या देखिएको थियो । तर, हाम्रो स्टिम ह्याक भएको हुनुपर्ने कुरामा भने हामीलाई विश्वास छैन ।”
पछि कम्पनीले स्काइगाइडको प्राविधिक गडबडी समाधान भएको र स्थानीय समय अनुसार बिहानको साढे आठ बजेदेखि हवाई क्षेत्र खुला गरिएको घोषणा गरेको थियो ।
बसेल मलहाउस विमानस्थलमा भने सामान्य रूपमा उडानहरू चालु रहेको थियो । बसेल स्विट्जरल्यान्डमै रहे पनि विमान स्थल फ्रेन्च भूभागमा रहेको छ भने सो क्षेत्र फ्रेन्च एयर ट्राफिक कन्ट्रोल अन्तर्गत रहेको छ ।
बीबीसीबाट ।