site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लुम्बिनी प्रदेश : बजेट ३७ अर्बको हाराहारीमा आउने, टुक्रे योजना हटाइने
SkywellSkywell

बुटवल । लुम्बिनीमा यो वर्ष ३७ अर्बभन्दा माथिको बजेट नबन्ने लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले बताएका छन् । सोमबार बुटवलमा रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कारमा बोल्दै क्षेत्रीले ३५ अर्ब रकम प्रदेशमै भएको र त्यसलाई केही बढाएर लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७९–०८० को लागि बजेट ३७ अर्बसम्मको बनाइने बताए ।

ठूलो आकारको बजेटभन्दा खर्च हुने आकारको सानो बजेट आउने  बताउँदै उनले कृषि, स्वास्थ्य र शिक्षालाई केन्द्रमा राखेर बजेट बन्ने र कृषिमा ९० प्रतिशत अनुदान कटौती नगरी कृषकहरूलाई सहुलियत ऋणको व्यवस्था गरिने बताए । लुम्बिनी प्रदेशको बजेट नआउँदै योजना आयोगका उपाध्यक्ष क्षेत्रीले कृषि उत्पादन बढाउनका लागि कृषकहरूलाई कृषि विकास बैंक र सहकारीहरूबाट सहुलियत ब्याजमा ऋणको व्यवस्था गरिने उनको भनाइ छ । 

Dabur Nepal
NIC Asia

स्वच्छ खानेपानी सय प्रतिशत पुर्‍याउने गरी बजेट बन्ने बताउँदै उनले भने– “गरिबी निवारण घटाउने गरी बजेट बन्छ । प्रदेशको १६ प्रतिशत गरिबीलाई १० प्रतिशतमा झार्ने लक्ष्यका साथ बजेट बन्ने छ ।” बजेटको प्रणालीमा थोरै परिवर्तन गरिएको बताउँदै क्षेत्रीले अब विकास निर्माणका बजेट पार्नका लागि पाँचवटा मापदण्ड पूरा गरेर मात्र बजेट माग गर्न सकिने बताए । 

नयाँ प्रणाली शुरु गरिएकाले अब निवेदनको आधारमा मात्र सांसद, नेताहरूको भनाइको भरमा बजेट नपाइने बताए । उनले मापदण्ड पूरा नगरी बजेट माग गरिए नयाँ प्रणालीको सफ्टवेयरले नमान्ने बताए । १० वर्षे गुरुयोजनाका साथ बजेट तयार गरिएको समेत उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu