काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले आफ्नो संघर्ष आफ्नो पहिचान बनाउन नदिन सुझाव दिएकी छिन् । मे महिनालाई मानसिक स्वास्थ्य महिनाको रूपमा लिइन्छ । मानसिक स्वास्थ्य महिनाको अन्तिम दिनमा नम्रताले यसो भनेकी हुन् ।
“मे मानसिक स्वास्थ्य जागरुकता (अवेयरनेस) महिना हो, र अन्तिम दिनमा म मेरा डिप्रेसन विरुद्धको लडाईं हारेका मेरा प्रियजनहरूलाई सम्झिन चाहन्छु,” नम्रता लेख्छिन्, “तिमीहरू मेरो मुटुमा छौँ ! र चुपचाप पीडा सहेर बसेका तपाईं हामी, तपाईंको संघर्ष तपाईंको पहिचान बनाउन नदिनुहोस् ! मलाई थाहा छ यो गाह्रो छ तर, कृपया आफ्नो नजिकको व्यक्ति वा व्यवसायिक व्यक्तिसँग सहयोग माग्नुहोला ।
अभिनेत्री श्रेष्ठ लामो समयदेखि मानसिक स्वास्थ्य सचेतना अभियानमा सक्रिय छिन् । उनी आफैँ पनि लामो समय डिप्रेसनसँगको लडाईं लडेर अहिले त्यसलाई हराउन सफल भइसकेकी छिन् ।