site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
उच्च अदालत जनकपुरमा चुनावसम्बन्धी १४ मुद्दा दर्ता, मुद्दा दिने ७ जना एक मतले पराजित
SkywellSkywell

जनकपुरधाम । उच्च अदालत जनकपुरमा वैशाख ३० गते भएको स्थानीय निर्वाचनसँग सम्बन्धित १४ वटा मुद्दा दर्ता भएका छन् । शुक्रबारसम्म निर्वाचन बदर गर्न चार र पुनः मत गणना गर्न १० वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका सबै मुद्दाहरू धनुषा, महोत्तरी र सर्लाही जिल्लाका स्थानीय तहसँग सम्बन्धित छन् ।

अदालतका सूचना अधिकारी कुवेर घिमिरेकाअनुसार सर्लाहीबाट पाँचवटा मुद्दा दर्ता भएका छन् । सर्लाही र धनकौल गाउँपालिकाका तीनवटा मतदानस्थलको निर्वाचन बदर गरी पुनः निर्वाचन गर्न माग गरिएको छ । नेकपा (माओवादी केन्द्र)बाट पालिका अध्यक्षमा उमेदवारी दिएका फकिरा महतोले निर्वाचन बदर गर्न माग गरेर मुद्दा दिएका हुन् । 

महतोले धनकौल वडा नम्बर ५, उनी निकट रामअधार राय यादवले वडा नम्बर २ र वडा नम्बर १ मा भएको निर्वाचन रद्द गर्न माग गरेका छन् । यहाँको २ नम्बर वडामा बुथ कब्जा गरी नेपाली कांग्रेसका उमेदवारले मतपत्र छापेको आरोप लागेको छ । यहाँ वडाध्यक्ष पदमा १ हजार ४१९ मत ल्याएर नेपाली कांग्रेस रामबहाद्र सहनी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी रामअधार राय यादवले मात्र ६ मत ल्याएका छन् । 

KFC Island Ad
NIC Asia

धनकौलको पालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार रामआश्रय साह निर्वाचित भएका छन् । साहले महतोलाई एक हजार ९९ मतले पराजित गरेका छन् । साहले ४ हजार ४४४ मत ल्याए भने पराजित भएका महतोले तीन हजार ३७८ मत ल्याएका छन् । यस्तै, सर्लाहीकै हरिवन नगरपालिका ७ मा पुनः मतगणना गर्न माग गरिएको छ । यहाँ नेकपा (एमाले)का उमेदवार निरध्वज कार्की एक मतले निर्वाचित भएका छन् । एक मतले मात्रै पराजित भएका नेपाली कांग्रेसका उमेदवार टीका जंङ्ग थापाले पुनः मतगणना गर्न माग गर्दै मुद्दा दर्ता गराएका छन् । 

मलंगवा नगरपालिका ११ मा पनि पुनः मतगणना गर्न माग गरिएको छ । यहाँ पाँच मतले माओवादीका नन्दकिशोर राय निर्वाचित भएका छन् । उनले जनता समाजवादी पार्टी (जसपा)का राजकिशोर यादवलाई पराजित गरेका छन् । पानो देवीले यस वडामा पुनः मत गणना गर्न मुद्दा दिएकी हुन् । 

महोत्तरीबाट ६ वटा मुद्दा दर्ता भएका छन् । बर्दिबास नगरपालिका ८ को निर्वाचन बदर गर्न माग गरेर मुद्दा परेको छ । यहाँ माओवादीका उमेदवार समशेर सिहं निर्वाचित भएका छन् । एक मतले पराजित भएका एमाले उमेदवार रुद्र बहादुर किङगारिङ मगरले निर्वाचन बदरको माग गरेका छन् । उनले यही जेठ ९ गते अदालतमा मुद्दा दर्ता गराएका थिए ।

बर्दिबास १४ मा पनि पुनः मत गणनाको माग गरिएको छ । यहाँ स्वतन्त्र उमेदवार विजय कुमार महतो एक मतले निर्वाचित भएका छन् । एक मतले कांग्रेसका उमेदवार भरतबहादुर हमाल पराजित भएका छन् । 

यस्तै, महोत्तरीकै भंगहा ७ मा पुनः मत गणना गर्न माग गरिएको छ । यहाँ एक मतले नेपाली कांग्रेसका उमेदवार नरेश साह सुनार निर्वाचित भएका छन् । एक मतले पराजित माओवादीका उमेदवार राजेन्द्र प्रसाद सिंहले पुनः मत गणना गर्नुपर्ने माग गर्दै मुद्दा दर्ता गराएका छन् । यही पालिकाको वडा नम्बर ८ मा पनि पुनः गणना गर्न माग गरिएको छ । यहाँ ६ मतले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सरिफ कवारी निर्वाचित भएका छन् । कांग्रेस उमेदवार रामबाबु राउत पराजित भएपछि पुन: गणना गर्न माग गर्दै मुद्दा दायर गरेका छन् । 

महोत्तरीको, महोत्तरी गाउँपालिका १ मा पनि पुनः गणना गर्न माग गरिएको छ । यहाँ एक मतले लोसपाका रञ्जित चौधरी निर्वाचित भएका छन् भने एमालेका उमेदवार मोहमद अनामुल राईन पराजित भएका छन् । चौधरीले ३६६ मत ल्याएका छन् भने राईनले ३६५ मत ल्याएका छन् ।

यसै जिल्लाको एकडारा गाउँपालिका ४ मा पनि पुनः गणना गर्न माग गरिएको छ । यहाँ तीन मतले लोसपाका जिवछप्रसाद यादव निर्वाचित भएका छन् भने जसपाका विन्देश्वर राय पराजित भएका छन् । यादवले ७२० मत ल्याएका छन् भने रायले ७१७ मत ल्याएका छन् । 

यस्तै, धनुषाबाट पनि तीनवटा मुद्दा दर्ता भएका छन् । जनकपुरधाम उपमहानगरपालिका १४ मा पुनः मत गणना गर्न माग गरिएको छ । यहाँ जसपाका पुण्यप्रताप यादव ९ मतले निर्वाचित भएका छन् । नेपाली कांग्रेसका बह्रमदेव मिश्र पराजित भएपछि मुद्दा गरेका हुन् । निर्वाचित यादवले ४१० मत ल्याएका छन् भने पराजित मिश्रले ४०१ मत ल्याएका छन् ।

मिथिला बिहारी ८ मा पनि पुनः मत गणना गर्न माग गरिएको छ । यहाँ एक मतले जसपाका जिवछ यादव निर्वाचित भएका छन् । उनले एमालेका सुरेन्द्र यादवलाई पराजित गरेका छन् । निर्वाचित जिवछको ४०१ र पराजित सुरेन्द्रको ४०० मत आएको छ ।

यस्तै धनुषाधाम वडा नम्बर ८ मा पनि पुनः मत गणना गर्न माग गरिएको छ । यहाँ एमालेका कपिलबहादुर बस्नेत एक मतले विजयी भएका छन् । कांग्रेसका विनोद दीप लामा पराजित भएका छन् । निर्वाचित बस्नेतले ५२२ र पराजित लामाले ५२१ म्त ल्याएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro