राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षका नेताहरूलाई प्रतिपक्षलाई सिध्याउँछु भन्ने हक कहाँबाट आयो भन्दै प्रश्न गरेका छन् । बिहीबारको संसद् बैठकमा उनले एमाले हाल वैशाखी टेकेर आएको पार्टी नभएको समेत बताए ।
“सतापक्षले प्रतिपक्षलाई सिध्याउँछु भन्ने हक कहाँबाट आयो ? चुनावमा जित्न सक्छौैँ भन्न सकिन्छ । तर, समाप्त पारिदिन्छौं । धूलो चटाइदिन्छौँ । गायब गराइदिन्छौँ । टर्च बालेर खोज्नुपर्छ । टर्च बालेर पनि भेटिँदैन होला होइन् ? त्यहाँ पुर्याउने ?,” ओलीले सोधे ।
उनले पत्तासाप गरेर सहमति र सद्भाव खोज्ने ? भन्दै उनले प्रश्नसमेत गरे । ओलीले निर्वाचनको बेला आफ्ना उमेदवारलाई थुनामा राखेकोसमेत बताए ।
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९ ११:४६
प्रतिक्रिया दिनुहोस्