site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युुक्रेन युद्धले सम्पूर्ण विश्वलाई प्रभावित गरिसक्यो : बाइडेन 

टोक्यो । एकदिन अघि मात्र ताइवानी विषयलाई लिएर चीनलाई चेतावनी दिएका अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना प्रमुख एसियाली गठबन्धनलाई सम्बोधन गर्ने क्रममा युक्रेनमाथि भएको रुसी आक्रमणका कारण विश्वले साझा इतिहासमा अँध्यारो पलको महशुस गरिरहेको बताएका छन् ।  उनले भनेका छन्, “यो युद्ध अन्तर्राष्ट्रिय व्यवस्थालाई प्रतिरक्षा गर्नु महत्त्वपूर्ण छ भन्ने जोड दिने विश्वव्यापी विषय भइसकेको छ ।” 

यसैगरी, बाइडेनको टिप्पणीलाई प्रतिध्वनित गर्दै जापानका प्रधानमन्त्री फुमिओ किसिदाले यस्तै प्रकारको कुनै पनि आक्रमण एसियामा हुनु नहुने बताए।  राष्ट्रपतिको हैसियतले पहिलोपटक एसियाको भ्रमण गर्ने क्रममा जापानको राजधानी टोक्यो पुगेका बाइडेन जापान, अस्ट्रेलिया र भारतका नेताहरुसँग भेटघाटमा व्यस्त रहेका छन् । यी चार मुलुक सम्मिलित समूह ‘क्वाड’ ले यस क्षेत्रमा चीनको बढ्दो प्रभाव र युक्रेनमा भएको रुसी आक्रमणमाथिको मतभेदलगायत सुरक्षा तथा आर्थिक चासोका विषयमा छलफल गरिहेको छ । 

अघिल्लो दिन मात्र बाइडेनले अमेरिकाको विगतका भन्दा अलि फरक शैलीले अभिव्यक्ति दिँदै यदि चीनले ताइवानमाथि आक्रमण गरेको खण्डमा अमेरिकाले सैनिक हस्तक्षेप गर्ने चेतावनी दिएका थिए ।  बाइडेनले अमेरिकाले विश्वका कुनै पनि स्थानमा अन्तर्राष्ट्रिय व्यवस्था र सार्वभौमको रक्षाका लागि आफ्नो गठबन्धनसँग मिलेर आवाज उठाउने तथा हिन्द–प्रशान्त क्षेत्रमा  बलियो र चिरस्थायी साझेदारी कायमै राख्ने वचन दिएका छन् ।    

उक्त बैठकपछि प्रधानमन्त्री किसिदाले भारतलगायत समूहका चारैवटा मुलुकले नियम कानुन, सार्वभौम र क्षेत्रीय एकताको महत्त्वबारे सहमति जनाउनुका साथै जबर्जस्ती यथास्थिति परिवर्तन गर्ने एकपक्षीय प्रयासहरू नसहने बताएको पत्रकारहरूलाई जानकारी गराएका थिए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro