देश
काठमाडौं । कोभिड १९ विरुद्धको पहिलाे, दाेस्राे तथा बुस्टर डाेज खाेप लगाउन छुटेकाहरूलाई यही जेठ १५ गतेभित्र खाेप दिइसक्न सरकारले निर्देशन दिएकाे छ ।
१५ गतेभित्र १२ वर्षमाथिका नागरिकलाई सबै डाेज खाेप दिइसक्न प्रदेश तथा जिल्ला स्तरमा परिपत्र गरेकाे खाेप शाखा प्रमुख सागर दाहालले जानकारी दिए ।
पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई खाेप दिने तयारी गरिएकाले यही महिना १२ वर्षमाथिका सबैलाई खाेप दिइसक्न परिपत्र गरिएको दाहालले बताए ।
पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई दिन सरकारले यूएसएडकाे सहयाेगमा पहिलाे चरणमा २० लाख डाेज फाइजर खाेप ल्याउँदै छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९ १८:३९
प्रतिक्रिया दिनुहोस्