site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनकपुरमा गठबन्धन ‘बेहाल’ : उपप्रमुखले १८७६ मत ल्याउँदा प्रमुखलाई २४५ 

जनकपुर । जनकपुर उपमहानगरपालिकामा गठबन्धनविरुद्ध मत परेको छ । गठबन्धनका उमेदवार भन्दा स्वतन्त्र उमेदवारको अत्यधिक मत आएको छ ।

गठबन्धनको तर्फबाट उपमेयरमा कांग्रेसले उमेदवार बनाएका किसोरी साहले १८७६ मत ल्याउँदा मेयरका उमेदवार लाल किसोर साहले २४५ मतमात्रै ल्याएका छन् ।

साह ०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन राजपाबाट प्रमुख पदमा निर्वाचित भएका थिए । जनकपुरमा कांग्रेसको विरोध हुँदाहुँदै केन्द्रबाट गठबन्धन ‘लादिएको’ थियो । 

त्यसको विरोधमा कांग्रेसका नगर सभापति मनोजकुमार साहले स्वतन्त्र उमेदवारी दिएका थिए । उनै साहले अहिलेसम्म १८१९ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म तीनवटा वडाको मतगणना सकिएको छ जसमा दुईवटा वडामा कांग्रेसले विजय हासिल गरेको छ भने एउटा वडामा तमलोपाले जित हासिल गरेको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro