site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादीका पुनलाई पराजित गर्दै तमानखोलामा कांग्रेसका बुढा विजयी 
फाइल तस्बिर ।

काठमाडौं । बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन् ।

कांग्रेस जिल्ला सभापति जित शेरचनले बाह्रखरीलाई दिएको जानकारीअनुसार अध्यक्ष र उपाध्यक्षसहित तीनवटा वडा कांग्रेसले जितेको हो ।

पालिकाको अध्यक्षमा कांग्रेसका उमेदवार जोकलाल बुढा दुई हजार ७०७ मत ल्याउँदै विजय भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उमेदवार देवबहादुर पुनले एक हजार ९९५ मत पाएका छन् ।

उपाध्यक्षमा कांग्रेसकै उमेदवार हिराकुमारी छन्त्याल दुई हजार ७६८ मत ल्याउँदै विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी माओवादीका उमेदवार निशु रसाइलीले एक हजार ९५८ मत पाएकी छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro