काठमाडौं । रामेछापमा मत पेटिका बोकेको गाडी दुर्घटना भएको छ । रामेछाप नगरपालिका वडा नं. १ बाट मत पेटिका बोकेर रामेछाप बजार आउँदै गरेको गाडी दुर्घटनामा परेको जिल्ला निर्वाचन कार्यालयका अधिकारी मधुकर कुमार साहले बाह्रखरीलाई जानकारी दिए ।
गाडी दुर्घटना भए पनि मत पेटिका भने सुरक्षित रहेको उनले जानकारी दिए । दुर्घटना पश्चात् त्यहीँ दलका नेताहरु बसेर नयाँ मुचुल्का गरेको र मत पेटिका बजारतर्फ ल्याउँदै गरको उनले जानकारी दिए ।
“गाडी दुर्घटना भयो । हामीले दलहरुसँग परामर्श गरेर पुनः मुचुल्का गरेर मत पेटिका ल्याउने काम गरिरहेका छौँ,” उनले भने, “राति १ बजेसम्म मत पेटिका आइपुग्छ भन्ने छ ।”
गाडी दुर्घटनामा परेर तीनजना घाइते भएको बुझिएको छ ।
साहका अनुसार आज राति नै सर्वदलीय बैठक बस्ने तयारी छ । उनले बैठकले बिहान मतगणना गर्नेगरी निर्णय गर्न सक्ने बताए ।