राजनीति
काठमाडौं । जुम्लाको गुठीचौर गाउँपालिकामा ३ गज्याकोटमा नेपाली कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ ।
शंकर बहुउद्देश्यीय माध्यमिक विद्यालयमा झडप हुँदा सहायक मतदान अधिकृत रवि भण्डारी घाइते भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
उनको घुँडामा सामान्य चोट लागेको छ । प्रजिअ विजयाकुमारी प्रसाईका अनुसार अहिले मतदान रोकिएको छ । ‘‘पुन मतदान सुचारु गर्नका लागि सर्वदलीय बैठक बसिरहेको छ,” उनले भनिन् ।
मतदानस्थलमा मतपत्र च्यात्न खोज्दा झडप भएको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९ १४:२५
प्रतिक्रिया दिनुहोस्