राजनीति
काठमडौं । स्थानीय तह निर्वाचनका क्रममा सर्लाहीको धनकौल गाउँपालिकामा बुथ प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा झडप भएको छ ।
झडपका कारण अझै मतदान प्रक्रिया सुरु हुन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले बाह्रखरीलाई जानकारी दिए ।
झडप बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाईफायर गरिएको उनले जानकारी दिए । अहिले स्थिति सामान्य बन्दै गएको र डीएसपीको नेतृत्वमा सुरक्षा फोर्स थपिएकोउनले जानकारी दिए ।
“हालसम्म मतदान सुरु हुन सकेको छैन । स्थिति सामान्य बन्दै छ,” उनले भने, “सबैसँग छलफल हुँदै छ । अब केही बेरमै मतदान सुरु हुन्छ ।”
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९ ११:२६
प्रतिक्रिया दिनुहोस्