
बुटवल । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाकी उपमेयर पदकी उमेदवार सुभावती कुर्मीको मृत्यु भएपछि निर्वाचन सर्ने भएको छ ।
उमेदवारको मृत्यु भएपछि निर्वाचन सारेर जेठ ३ गते पुर्याइएको मुख्य निर्वाचन अधिकृत तेजेन्द्र प्रसाद शर्माले जानकारी दिए । उनले निर्वाचन आयोगको निर्देशनअनुसार समय परिवर्तन गरिएको बताए ।
दिनभर घरदैलोमा सहभागी भएकी उनको सोमबार राती एक्कासी छाती दुखेपछि उपचारका लागि तौलिहवा अस्पताल पुर्याइएकाे थियाे । कुर्मीकाे मंगलबार बिहान करिब १ बजे मृत्यु भएको उनका देवर रामकृष्ण चौधरीले बताए ।
नेपाली कांग्रेसबाट नगर उपप्रमुख पदकी उमेदवार उनी यसअघि २०७४ को स्थायीय तह निर्वाचनमा पनि साेही पदमा विजयी भएकी थिइन् । महाराजगन्ज नगरपालिकामा उपप्रमुख पदमा कांग्रेस, एमाले, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टीसहित ८ जना उमेदवार प्रतिस्पर्धामा छन् ।