site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्थानीय प्रशासन र सुरक्षा निकायलाई आयोगको १० बुँदे निर्देशन (निर्देशनसहित)

काठमाडौं । निर्वाचन आयोगले स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई निर्वाचनलाई निष्पक्ष र भयररिहत बनाउन निर्देशन दिएको छ । 

आयोगको १० बुँदे निर्देशन जारी गर्दै आचारसंहिता तथा मौन अवधिको पूर्ण पालना भए/नभएको हेर्न आग्रह गरेको छ । दलको झण्डा, चुनाव चिह्न तथा गाडी प्रयोेग भएको छ अथवा छैन हेर्न र प्रयाग भए निर्वाचन कार्यालयमा खबर गर्न भनेको छ । 

झण्डा, चिह्न प्रचार सामग्री प्रयोग भए जफत गर्न, सवारी साधन प्रयोग गरी र्याली गरिएको पाइएमा त्यस्तो सवारी साधन कब्जामा लिन,  निर्वाचन प्रचार प्रसारका लागि डिजिटल बोर्ड, फ्लेक्स, बोर्ड, साउण्ड सिस्टम, लाउड स्पिकर जस्ता श्रव्य सामग्री प्रयोग भए कब्जामा लिन, मतदातालाई प्रभावित पार्नेलाई नियन्त्रणमा लिन आयोगले निर्देशन दिएको छ । 

मतदान सकिएपछि मतपेटिका सुरक्षित तरिकाले निर्वाचन अधिकृतको कार्यालयमा पुर्याउन निर्देशन दिएको आयोगले मतदातालाई सुरक्षित तरिकाले मतदानस्थलसम्म पुग्ने वातावरण मिलाउन भनेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  ०६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro