site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
कांग्रेस र एमालेका मतदाता हलोमा मत दिन आतुर छन् 
Sarbottam CementSarbottam Cement

झापा कम्युनिष्ट राजनीतिको उद्गम स्थल मानिन्छ । नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने गौरादह नगरपालिकामा पनि कम्युनिष्ट राजनीतिको गढ नै हो ।

तर, २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा भने नेकपा(एमाले) सफल हुन सकेन । यहाँ नेपाली कांग्रेसले नगरप्रमुख पद जित्दा उपप्रमुखसहित बहुमत वडा एमालेले जित्यो ।
 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृह जिल्ला समेत हो झापा । गएको स्थानीय तह निर्वाचनमा यहाँ लिङ्देनको राष्ट्रिय प्रजातन्त्र पार्टी चौथो शक्ति हो । आसन्न स्थानीय तह निर्वाचनबाट भने पहिलो शक्ति बन्ने दाउँमा छ । राप्रपाबाट अहिले संचारउद्यमी समेत रहेका नेता गोपाल पौडेल नगर प्रमुखको उमेदवार छन् । प्रस्तुत छ उनै पौडेलसँग चुनाव विशेष रहेर बाह्रखरीले गरेको कुराकानीको सम्पादीत अंश  :–
 

Prabhu Bank
Agni Group
NIC Asia

घरदैलो कार्यक्रम कसरी अघि बढाइरहनुभएको छ ?

हो । अहिले प्रत्येक जनताको घरमा जाने मेरो एजेन्डाहरू राख्ने र मत माग्ने कार्यक्रम जारी छ ।

Global Ime bank

तपाईं लामो समय देखि सञ्चारउद्यमी, खुला राजनीतिमा आउनुपर्ने कारण चाहिँ के बन्यो ? 

म सञ्चारउद्यमी हुँ । त्यो भन्दा पहिले म यहीँ झापाको गौरादहमा जन्मिएको हुँ । हुर्किएको पनि यहीँ नै हो । मेरो शिक्षा पनि यहीँबाट हो । मैले देश विदेश हेरेँ । विश्वको धेरै देशहरू घुमेको छु ।

झापाको राम्रो ठाउँ भनिए पनि यहाँको अवस्था नाजुक छ । विकास निर्माणमा भने गौरादह नगरपालिका अत्यन्तै पछाडि परेको छ । बाहिर बसेर धेरै नगर यसरी बनाउनुपर्छ, विकासको मोडल यस्तो हुनुपर्छ भनेर सुझाव दिँदा दिँदा पार नलागेपछि अब यो सहर हाम्रो गौरादह हामी बनाउँछौँ भन्ने उद्देश्यका साथ दृढ संकल्प र आत्माविश्वासको साथ मैले उमेदवारी नगर प्रमुखमा दिएको हुँ । 

नगर प्रमुख राप्रपाबाट टिकट पाएर लड्दै हुुनुहुन्छ । पुरानै शक्तिको पछि लागेर चुनाव लड्नुपर्ने अवस्था चाहिँ कसरी आयो ? 

हामीले गणतन्त्रलाई पनि स्वीकार गरेकै छौँ । ४६ साल पश्चात् बहुदलीय व्यवस्थालाई स्वीकार गरेर हामीले दल राप्रपा खोलेका हौँ । ६२/६३ आन्दोलनपश्चात् आएको संविधानलाई पनि आलोचनात्मक स्वीकार गरेकै हौँ । तर, जुन् उद्देश्य र सपना बाँडेर राज्यव्यवस्था परिवर्तन भयो सो अनुरूप देशका जनताले भने सेवा पाएनन् । परिकल्पनाअनुसार जनता उत्साहित भन्दा निरूत्साहित छन् । 

अहिले नेपाल भर राप्रपाको जनलहर आएको छ । मानिसहरूले हामीलाई खोजी खोजी मत दिन्छौँ भन्नुभएको छ । म अहिले घर घर पुग्दा पहिले हामीलाई देख्दा अर्कोतिर फर्कने मानिसहरु अहिले अंगालो मारेर तपाईंहरुको पार्टी र मान्छेको खोजी हामीले गरेका छौँ भन्नुहुन्छ । त्यसकारण देशको आवश्यक्ता अहिले राप्रपा रहेछ भन्ने प्रमाणित भएको छ । 


गौरादहबासीले तपाईंलाई जिताउनैपर्ने आधार र कारणहरू चाहिँ के हुन् ? 

गौरादह शिक्षित मानिसहरूको बसोबास भएको नगर हो । यहीँ ठाउँबाट भोट दिएर केपी शर्मा ओली गृहमन्त्रीहुँदै प्रधानमन्त्री समेत बन्नुभयो । यहीँ गौरादहबाटै शिवमाया तुम्वाहाम्फे, अग्नि खरेल, युवराज खतिवडा लगायतका मानिसहरू मन्त्री भइसक्नुभएको छ । उहाँहरूले यहाँको विकास गर्न सक्नुभएन । 

यहाँको वडानम्बर ४ र ५ भनेको साविक महारानीझोडा गाविस हो । ३६÷३७ सालदेखि त्यहाँका मानिसहरूले जग्गाको कर तिरिरहेका छन् तर, त्यहाँको नक्सा र पूर्जा उनीहरूले पाएका छैनन् । किनबेच गर्न पाउने हो भने करोडौ मुल्य पाउँछन् तर, कागजपत्र नहुँदा बैंकले समेत ऋण पत्याउँदैन । कुनै भ्यालु छैन । यहाँ धेरै पटक नेकपा एमालेले नेतृत्व गरेर यहाँ जितेको ठाउँ हो । तर, अहँ माखो मार्न सकेन । म पनि त्यहीँको बासिन्दा भएको कारणले अब म चाहिँ त्यो समस्या समाधान गर्छु । एक वर्षभित्र मैले त्यो काम सम्पन्न गर्न सकिन भने नगर प्रमुख पद छाडेर हिड्छु भनेर जनतासँग बाचा गरेको छु । 

विगतको नतिजाले नेपाली कांग्रेसलाई नगरको नेतृत्व तथा एमालेलाई उपप्रमुख सहित नगरको जनप्रतिनिधिमा बहुमत छ ।

एउटा पनि गर्व गर्न लायक काम भएन । मैले सार्वजनिक रूपमै यदी एउटा मात्र यो काम चाहिँ हेर्न लायक जनप्रतिनिधिले गरेका छन् भन्ने देखाए मेयर पदबाट फिर्ता भएर उसैलाई सहयोग गर्छु भनेको छु । तर, अह केही भएकै छैन । 

म नगरमा गर्व गर्न सक्ने प्रोजेक्टहरू ल्याएर हामी विकास गर्छु । यो कृषिको उर्वर भुमि हो । तर, प्रत्येक घरका युवाहरु खाडीमा रोजगारीमा छन् । नगरमा मैले जिते पनि विदेशमा पनि भएका युवाहरुलाई नेपाल बोलाएर विना धितो ऋण दिएर स्वरोजगारको कार्यक्रम चलाउँछु । १८, २० विघा जग्गामा यहाँ पोखरी खनिएर राखिएको छ । जसको प्रयोग भएकै छैन । म पर्यटकीय स्थलको रूपमा विकास गरेर नगरको राजश्व वृद्धिमा लगाउनेछौं । 

एजेन्डा भएर मात्र भएन । देशभर गठबन्धन छ । गौरादहमा पनि अवस्था उस्तै छ । गठबन्धन र नेकपा एमालेसँग भिडेर जितको नतिजा निकाल्नु सक्नुहोला ? 

यो कम्युनिष्ट राजनीतिको स्थापित ठाउँ हो विगतमा । तर, धेरै पटक सूर्यमा मत हालेका मानिसहरु हलोमा मत हाल्न आतुर छन् । अघिल्लो पटक रूखमा मत हालेर चुनाव जिताएकाहरु पनि राप्रपाको हलोमा मत हाल्नुपर्छ भन्ने मानसिकतामा छन् । मलाई खोजी खोजी फोन नम्बर पत्ता लगाएर भेटेर हलोमा मत हाल्ने प्रतिवद्धता जनाउनुभएको छ । 

अन्य राजनीतिक दलहरूले काम गर्न नसक्नुनै मेरो जितको आधार हो । अब पनि के गर्न खोजेको वा नगरमा के गर्न चाहेको भन्ने भिजन उहाँहरुसँग छैन । घोषणपत्र र सार्वजनिक ठाउँमा पनि एमाले र कांग्रेस लगायतका गठबन्धनले नगर बनाउने भिजन दिन सकेको छैन । हामीले स्पष्ट भिजन राखेका छौं । दृढ संकल्प र इच्छा शक्ति पनि छ हाम्रो । 


दमक नगरपालिकामा गठबन्धनसँग राप्रपाको गठबन्धन भयो, तपाईंको नगरमा चाहिँ गठबन्धनको प्रयास भएन ?


नेपाली कांग्रेस र नेकपा(एमाले)ले गठबन्धनको प्रस्ताव लिएर आएकै हुन् । उनीहरूले हामीसँग गठबन्धन गर्न चाहेकै हुन् । मिले जाउँ भनेर दुबै दलहरूसँग पटक पटक छलफल चलेकै हुन् । तर, अधिंकास कार्यकर्ताको भावना हामी एक्लै चुनाव लड्नुपर्छ भन्ने थियो । जे हुन्छ हाम्रो शक्ति देखाएर जाउँ , हाम्रो एजन्डेहरू जनतामाझ स्थापीत गरेर जाउँ भन्ने भयो । हामी उनीहरूसँग मिल्नु भनेको उनीहरूले गरेको भ्रष्टचार,विकृती, अनियमित्तामा हामी पनि सहभागी हुनु हो । त्यसकारण हामीले गठबन्धन गर्नुहुँदैन भन्ने निर्णय भएपछि हामी एक्लै चुनावमा होमिएका हौँ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १४:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC