site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शेरबहादुर देउवाले पनि मेरै भोट मागिरहेका छन्  
Tiktok banner adTiktok banner ad

जनकपुरधाम उप–महानगरपालिकाको मेयर पदका स्वतन्त्र उमेदवार हुन्, मनोज कुमार साह । सत्तारुढ दलले जनकपुरको मेयरमा जनता समाजवादी पार्टी (जसपा)को उमेदवार उठाउने सहमति गरेपछि नेपाली कांग्रेसबाट राजीनामा दिएर उनले स्वतन्त्र उमेदवारी दिएका हुन् ।

नेपाली कांग्रेस नगर सभापतिसमेत रहेका साह साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएर अहिले केन्द्रको निर्णयलाई गलत सावित गर्ने अभियानमा छन् ।

०७४ को स्थानीय निर्वाचनमा मधेसको रापतापको बेला पनि १२ हजार मत प्राप्त गरेका उनी यसपटक चुनाव जित्ने दाबी गर्छन् । सम्पूर्ण कांग्रेसीजनले आफूलाई मत दिनेमा उनी ढुक्क छन् । शीर्ष नेताहरुले मधेससँग अन्तरघात गरेको उनको बुझाई छ । प्रस्तुत् छ, स्वतन्त्र उमेदवार साहसँग बाह्रखरीका लागि कमलेश ठाकुरले गरेको कुराकानीको सम्पादित अंश :

स्वतन्त्र उमेदवारी किन दिनुभयो ?

म नेपाली कांग्रेसको उमेदवार ०७४ सालमा भइसकेको व्यक्ति हुँ । यो पाँच वर्षमा नेपाली कांग्रेसको रक्षाका लागि २५औं वडामा संगठन मजवुत बनाएँ । ०४५ सालदेखि निरन्तर पार्टीको लागि काम गर्दै आएको छु । ३३ वर्षदेखि पार्टीको तर्फबाट जनतालाई सेवा गरेको छु । २००७ सालदेखि अहिले ०७९ सालसम्म पनि कांग्रेसको इतिहास छ । र, केन्द्रीय नेतृत्वले कांग्रेससँग धेरै ठूलो धोका दिएको छ ।

किनभने सबलाई थाह छ, जब मधेस जित्छ । तब मात्रै केन्द्रमा सरकार बन्छ । मधेस भनेको उर्वरभूमी कांग्रेसले ठान्दछ । कांग्रेसको उर्वरभूमी मधेस हो भने बीउलाई त सुकाउनु हुँदैनथ्यो । किनभने नेपाली कांग्रेसका साथीहरूले अरु दलको उमेदवारलाई मत दिँदैनन् । त्यस्तो अवस्थामा पार्टी गठबन्धनमा गयो । केन्द्रीय निर्णयको हामी जोडदार विरोध गरेका छौं । चरणबद्ध आन्दोलन पनि गरेका छौं । चरणवद्ध आन्दोलनमा सच्चिन मौका पनि दियौं । तर, कुनै उपाय लागेन । कांग्रेसी समाप्त गर्ने हिसावले कांग्रेसको घरमा आगो लगाइदियो ।

कांग्रेस र प्रजातान्त्रिक शक्ति बन्नका लागि मेरो स्वतन्त्र उमेदवारी परेको छ । किनभने म नेपाली कांग्रेसको मान्छे हुँ । मसँग चार तारा छ, जय नेपाल पनि छ । केन्द्रीय नेतृत्वको विरोधमा सम्पूर्ण नेपाली कांग्रेसले २५ औं वडाका सभापति र वडाध्यक्षका उमेदवारहरु मिटिङ्ग गरेर मलाई नेपाली कांग्रेसलाई जोगाइदिनु पर्यो भन्नु भएको छ ।

हामी साथीहरू एक साथमा संगठित भएर जानुपर्दछ । किन भने हामी कम्युनिष्ट हुन सक्दैनौं, हामी मधेसवादी हुन सक्दैनौं । त्यसैले हामीले हिमाल पहाड, तराई सबैलाई जोड्नु पर्छ । त्यसको लागि राम्रो साथी चाहिएको छ । उहाँहरूको आग्रहमा कुनै विकल्प नभएपछि मलाई अगाडि सार्नु भएको छ । त्यसैले उमेदवार बन्नका लागि मैले पार्टीबाट राजीनामा दिएँ । 
 

कांग्रेसकै गोप्य सहमतिमा तपाईंको उमेदवारी परेको हो ?

हो, नभए मेरो मतदानको अधार के हो ? अहिले २५ वटै वडामा अध्यक्ष हुनुहुन्छ, वडाध्यक्षको उमेदवारहरू हुनुहुन्छ उहाँहरु नै हाम्रो उमेदवार हो । उहाँहरु नै मेरो मतदाता हो । हामीसँग जति पनि काम गरेका साथीहरू छन्, उनीहरुकै सहयोगेमा मैले निर्वाचन लडेको छु ।
  
पार्टीबाट राजीनामा दिइसकेपछि पनि तपाईंलाई त्यही पार्टीका मतदाताको भर छ ?

यो प्राविधिक कुरा हो । केही कुरा अघोषित रूपमा हुन्छ, केही कुरा घोषित रुपमा हुन्छ भने केही कुरा बुझ्नु पर्ने पनि हुन्छ । यो टेक्निकल कुरा मात्रै हो ।

किनभने राजीनामा नगरी उमेदवारी दिएको भए केन्द्रीय कार्य समितिले मलाई कारबाही गर्न सक्थ्यो । त्यसैले अरुलाई किन असहज महसूस हुन दिने । भाइटल पदमा वागी हुन त पाउँदैनन् नि । त्यसैले मैले अहिले पार्टीलाई स्वतन्त्र गरिदिएको छु । र, स्वतन्त्र उमेदवारी दिएको छु  म लोकतन्त्रवादी मान्छे हुँ । मलाई नै भोट दिन्छन् । शेरबहादुर देउवाले पनि मेरै भोट मागिरहेका छन् । मलाई लाग्छ, ३० गतेपछि नेपाली कांग्रेसले मलाई स्वीकार गर्छ । 

गठबन्धनलाई हराउने अभियानमा हुनुहुन्छ ? 

यो गठबन्धन हुँदै होइन । यो ठगबन्धन हो । ठगबन्धन किन हो भने जब २५ वटा वाडमा नेपाली कांग्रेसको वडाध्यक्ष चुनाव लड्दै छन् । र, २५ वटै वडामा उपेन्द्र यादवको पार्टी पनि निर्वाचन लड्दै छ । हाम्रो पार्टीलाई त्यो उपेन्द्र यादवको पार्टीले हराउने, के हाम्रो पार्टीले उपेन्द्र यादवको पार्टीलाई भोट दिने मेयरमा ? ।

यो कुन हिसाबले गठबन्धन भएको छ । गठबन्धन त भएकै छैन । वैज्ञानिक गठबन्धन होइन, यो जवर्जस्ती लादिएको गठबन्धन हो । कुनै व्यक्तिलाई ल्याउन कुनै रिसिबिको कारण कुनै व्यक्तिलाई धपाउन यो गठबन्धन बनेको हो । यसले कांग्रेसलाई घाटा गरेको छ । केन्द्रीय नेतृत्वले सच्चिनु पर्दछ । यो हाम्रो अहिले पनि माग छ । 


तपाईंको जित्ने अधार के–के छन् ? 

राजनीति राज्यको नीति बनाउने नेता हो । जसले देशलाई समर्पित गर्दछ, आफूलाई समाजसेवा क्षेत्रमा योगदान दिनुपर्छ । उहाँहरु व्यापारी हुन्, ठेकेदार हुन् । यस्ता उमेदवारलाई जनताले रुचाउने छैनन् । हामी बिहान ६ बजेदेखि १० बजे रातिसम्म समाजको लागि सोच्छौं । म सँग ०७४ को अनुभव छ ।

प्रतिपक्षमा रहेर सँधै खबरदारी र कमजोरी उजागर गर्ने काम गरेका छौं । हमेशा जनताको सेवाको लागि काम गरेको छु । कोभिडको समयमा पनि हामीले महत्त्वपूर्ण भूमिका निर्वाह ग¥यौं । हामीले कृषिका कार्यक्रम ल्याउने कुरा गरेका छौं । आउटर रिंगरोडको योजनाबारे कुरा गरेका छौं । हामीले कनेक्टिभिटिका बारेमा कुरा गरेका छौं । रोडवेज र एयरवेजका बारेमा कुराहरू गरिरहेका छौं । शिक्षा र स्वास्थ्यका बारेमा विशेष योजना ल्याएका छौं । भ्रष्टाचारलाई न्युनीकरण गर्ने छौं । पालिकामा सुशासन कायम गराउँछौं । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  ११:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro