site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘जनकपुरमा गठबन्धनभन्दा लोसपाले दोब्बर बढी मत ल्याउँछ’
Tiktok banner adTiktok banner ad

मनोज कुमार चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका उमेदवार हुन् । पर्यटन प्रर्वद्धन, फोहोर व्यवस्थापन, लामखुट्टे मुक्त र नगरलाई शैक्षिक ‘हब’ बनाउने योजनासहित उनी जनतासमक्ष पुगिरहेका छन् । चौधरी महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) ले ०७४ को स्थानीय निर्वाचनमा हासिल गरेको विरासत जोगाउने कसरतमा पनि छन् । तर, पाँच दलीय गठबन्धनलाई जित्न सजिलो भने छैन । अर्कोतिर लोसपाबाट जनकपुरका केही चिरपरिचत अनुहार अन्य दलमा आवद्ध भएको अवस्था छ । प्रस्तुत छ, बाह्रखरीका लागि कमलेश ठाकुरले चाधैरीसँग गरेको कुराकानीको संम्पादित अंश :

तपाईंको उमेदवारी किन ?
जनकपुरधाम उपमहानगरपालिकालाई सरसफाइमा जोड दिन, जनकपुरमा ल्यान्डफिल साइडको स्थापना गर्न, हराभरा जनकपुरधाम बनाउन, लामखुट्टेको आतंक अन्त्य गर्न, शिक्षाको र स्वास्थ्यको स्तर उकास्न, खेलकुदको वातावरण बनाउन, ज्येष्ठ नागरिक, अपाङ्ग र एकल महिलाको भत्ता घरमै पुर्‍याउन, पर्यटन प्रर्वद्धन विकासका लागि  विमानस्थल, बसपार्क र रेलवे स्टेसनबाट निःशुल्क बस सञ्चालन गरी यात्रुलाई जानकी मन्दिरसम्म घुमाउनलगायत अन्य काम गर्न मैले उमेदवारी दिएको छु । 

तपाईंका एजेन्डा के–के छन् ?
जनकपुर बौद्धिक सर्कलको ठाउँ हो । राजनीतिक बौद्धिक व्यक्तित्व यहाँ धेरै हुनुहुन्छ । म निर्वाचित हुने वित्तिकै स्वास्थ्य सेक्टरबाट बौद्धिक सर्कलको सल्लाहकार समिति बनाउँछु । शिक्षाको विज्ञ टिम बनाउँछु । सरसफाइमा लामो समय काम गरेर अवकाश प्राप्त गरेका कर्मचारीको समूह बनाउँछु । पर्यटन क्षेत्रमा काम गर्ने टिमको पनि सल्लाहकार समिति बनाउँछु । र, त्यो समितिले दिने सल्लाह, सुझावअनुसार पालिका सञ्चालन हुन्छ । विज्ञको सल्लाहअनुसार अगाडि बढेपछि शतप्रतिशत एजेन्डा पूरा हुन्छ । 

तपाईंको जित्ने आधार के छ ? 
म जनता बिचको व्यक्तित्व हुँ । जनताको सुख र दुःखमा भाग लिएको छु । र, जनताको सुखदुःखमै साथ दिनेलाई जनकपुरधाम उपमहानगरपालिकाका जनताले चुन्नेछन् । मलाई विश्वास छ, जनताले तनाशाही उमेदवारलाई परास्त गर्नेछन् । जनताले फेलियर भइसकेको उमेदवारलाई कहिले पनि पत्याउदैनन् । पूर्व राजपाका नेताहरू नै अहिले लोसपामा छन् । त्यसकारण त्यतिबेला राजपा दोब्बर मतले विजयी भएको थियो । अब लोसपा दोब्बर मतले विजयी हुन्छ । 

लोसपा तीन ध्रुवमा विभाजित छ । सत्तारूढ दलको गठबन्धन पनि छ । यस्तो अवस्थामा जित निकै कठिन छ नि ? 
अवसरवादीहरू चुनावको समयमा यताउति भइरहन्छन् । टिकट नपाउँदा यताबाट उता जान्छन्, उताबाट यता पनि आउँछन् । त्यस्तै हामीबाट पनि केही गएका छन् । र, अरूबाट पनि हामीसँग केही आएका छन् । जसपाभन्दा तत्कालीन राजपाका ७४ जना निर्वाचित जनप्रतिनिधि लोसपमा आएका थिए । त्यसमध्ये ७० जना अहिले पनि लोसपामै आएका छन् । त्यसकारण तत्कालीन राजपाले जितेको ठाउँमा जित्न हामीलाई कुनै प्रकारको कठिनाइ हुँदैन । 

गठबन्धनको उमेदवारसँग पराजित हुने डर छ ? 
गठबन्धनको उमेदवारसँग डराएको भए त हाम्रो पनि गठबन्धन भइसकेको हुन्थ्यो नि । हामी ढुक्क छौँ । हामीले जनतालाई काम गरेर देखाएका छौँ । जनताको बिचमा गएका छौँ । जनताकै भावनाअनुसार हामी गठबन्धन नगरी ढुक्क भएर निर्वाचनमा होमिएका छौँ । मलाई कुनै उमेदवारसँग पराजित हुने डर छैन । मेरो कुनै दल वा उमेदवारसँग प्रतिस्पर्धा पनि हुँदैन । म झण्डै दस हजार बढी मत ल्याएर विजयी हुन्छु । हिजो पनि जनकपुरधाम उपमहानगरपालिका साइकलको थियो, आज पनि साइकलको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  २१:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro