site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
मेरो प्रतिष्पर्धा सिर्जना सिंहसँग हुन्छ, अब महिलामात्रै होइन सक्षम हुनुपर्छ 
Sarbottam CementSarbottam Cement

परिवारभित्र राजनीतिक वातावरणमा हुर्केकी समीक्षा बास्कोटा यतिबेला विवेकशील साझा पार्टीबाट काठमाडौंको मेयरमा उमेदवार बनेकी छन् ।

बुबा नेपाली कांग्रेसका नेता भए पनि उनले परम्परागत पार्टीलाई त्यागेर विवेकशील रोजिन् । परम्परागत पार्टी र स्वतन्त्र उमेदवारको भीडमा बास्कोटाले आफूलाई कस्तो उमेदवारको रूपमा हेरेकी छिन् र स्थानीय चुनाव २०७९ मा उनको एजेन्डा के छ ? त्यसबारे उनीसँग बाह्रखरीकर्मी सुनीता लोहनीले गरेको कुराकानीको सम्पादित अंश :

मतदातामाझ आफूलाई कसरी चिनाउनुहुन्छ ?

Prabhu Bank
Agni Group
NIC Asia

म समीक्षा बाँस्कोटा । काठमाडौं स्कुल अफ ल बाट मैले स्नातक गरेँ । सन् २०१० मा सेन्ट जोन युनिभर्सिसिटीबाट कानुन विषयमै स्नाकोत्तर गरेर नेपाल फर्किएँ । नेपालको एउटा बैँकमा कानुन विभागमा काम गरेपछि आफ्नै ल फर्म र व्यवसाय सञ्चालन गरिराखेको थिएँ । मेरो व्यवसाय भनेको नेपालको पहिलो अर्गानिक चिया हो ।

यसको अन्तर्राष्ट्रिय बजारीकरण र बजार हेर्छु । 

Global Ime bank

पाँच वर्षअघि बाहिर बसेर मात्र राजनीति फोहोर भयो भनेर मात्रै हुँदैन । राजधानीको फोहोर सँगसँगै राजनीतिको फोहोर पनि सफा गर्नुपर्छ भन्ने सोचाइ आएपछि म विवेकशील साझामा आबद्ध भएर क्षेत्र नम्बर १ मा प्रदेश सभाको उमेदवार भएर राजनीतिक यात्रा शुरू गरेँ ।

एक महिनाको तयारीमा २७ प्रतिशत मत मात्र प्राप्त गरेर बाग्मती प्रदेश संयोजक  पार्टी एकीकरण गर्दा वार्ता कमिटीको संयोजकलगायत विभिन्न जिम्मेवारी लिँदै आज कार्य सम्पादन समितिको सदस्य र काठमाडौं महानगरपालिकाको मेयरको उमेदवारमा उठेको छु । मेयरलाई चाहिने बौद्धिक भिजनसहित राजनीतिक ब्याकग्राउन्ड र व्यवस्थापकीय सीप जुन मैले आफ्नै व्यवसाय र वागमती प्रदेशको संयोजक भएर गरिराखेको छु । ती सबै चिजबाट निखारिएर अहिले उमेदवार भएर आएको छु । 

विवेकशील साझा पार्टीको माहोल पाँच वर्षअघि जति क्रेज अहिले छैन । बालेन शाहसँग मिलेर उठेको भए अवसर थियो भन्दै सामाजिक सञ्जालमा टिका टिप्पणी देखिन्छ । के भन्नुुहुन्छ ?

हामी वैकल्पिक राजनीति निर्माण गर्ने र वैकल्पिक पार्टी निर्माण गर्ने अभियानमा छौँ । हामीले हरेक स्वतन्त्र व्यक्तिलाई पार्टीमा आबद्धता भएर काम गरौँ । एक्लै स्वतन्त्र उठ्दा त्यो तदर्थ हुने र कहीँ पनि पुगिँदैन । 

आज कहाँ छ र भोलि कहाँ छ भन्ने थाहा हुँदैन । किनकि, भोलि तपाईं हार्नेबित्तिकै अथवा नतिजा अन्यथा हुनेबित्तिकै कहाँ हुनुहुुन्छ भन्ने कसैलाई थाहा हुन्न । तर, हामी त राजनीतिक फोहोर सफा गर्न भनेर निरन्तर पाँच वर्षदेखि यसमा लागिरहेका छौँ । नतिजाले हामीलाई तलमाथि गराउँदैन ।

हामी यही अभियानमा जारी रहन्छौँ । त्यो पनि मतदाताले बुझ्नुपर्छ । तपाईंले मत हालेको व्यक्ति फेरि पाँच वर्षपछि आउँछ कि आउँदैन भन्ने ठूलो कुरो हो । सँगसँगै तपाईंले भोट हाल्न लागेको व्यक्ति कुनै सार्वजनिक फोरम र सामूहिक बहसमा सहभागी हुन चाहँदैन भने नागरिकसँग आँखा जुधाएर बहसमा आउन चाहदैन भने मतदाताले सोच्नुपर्छ । 

काठमाडौं मेयर पद भनेको नागरिकप्रति जवाफदेही हुनुपर्ने पद हो । यो पदमा तपाईं जवाफदेही कहिलेदेखि हुनुपर्छ भने जब तपाईं उमेदवारी घोषणा गर्नुहुन्छ, त्यो दिनदेखि नै नगरबासीसँग जवाफदेही हुनुपर्छ । अब तपाई सार्वजनिक फोरम कसैसँग साझेदार गर्न नचाहने, बहसमा सहभागी नहुने र २१औँ शताब्दीको नयाँ पुस्ताको राजनीति गर्न चाहन्छ भने तपाइँ बहसमा पनि हुनुपर्यो, घरदैलोमा पनि हुनुपर्यो । डिजिटल मिडियामा पनि हुनुपर्यो ।

जो कुनै स्थान र व्यक्तिलाई बहिस्कार गर्छ भने भोलि जितेपछि आफ्ना सीमित व्यक्तिलाई लिएर मात्र काम गर्न खोज्छ । त्यो तोड्न हामी आइरहेका छौँ । स्वतन्त्र उमेदवार हुनसक्छ । म एकदम खुसी छु स्वतन्त्र व्यक्ति उठेकोमा । किनभने कमसेकम उहाँहरूले प्रश्न सोध्न थाल्नुभएछ । तर, त्यो पर्याप्त छैन भन्ने कुरा पाँच वर्षअगाडि नै बुझिसकेको छु । हामी त्यो बुझाइ र सिकाइलाई प्रयोग गर्दै पार्टी निर्माणकै अभियानमा छौँ । 

तपाईंलाई मतदाताले किन भोट दिने ? घोषणापत्रमा के छ ?

पहिलो त हामीले घोषणापत्र भनेका छैनौँ । यो हाम्रो प्रतिबद्धतापत्र या प्रतिज्ञापत्र हो । किनकि, घोषणापत्रमा घोषणा गर्‍यो अनि पुग्यो । त्यसमा फर्केर हेर्नुपर्दैन । तर, हामी गर्न सक्ने झिना–मसिना काम जसले काठमाडौंलाई व्यवस्थित गर्न सकोस्, त्यो कुरा मात्र लेखेका छौँ । हामीले भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाह भनेका छौँ ।

समग्रमा भन्नुपर्दा सबै सुविधालाई डिजिटलाइज्ड गर्ने हो । खाना अनलाइनबाट अर्डर गर्‍यो भने घरमै आइपुग्छ, तर तपाईंलाई चाहिने नागरिकताको सिफारिस या नगरपालिकाबाट चाहिने सम्पूर्ण सिफारिस घर–घरै पुर्‍याएर तपाईं र हाम्रो समय बचत गरी सुशासन कायम गर्छौं भनेका छौँ ।

यस्तै, सुलभ तथा व्यवस्थित सार्वजनिक यातायात बनाउने र विद्युतीय यातायातमा रूपान्तरण गर्ने, प्रदूषण नियन्त्रण, अपांग, ज्येष्ठ नागरिक र महिलाको लागि सार्वजनिक यातायात सुलभ बनाउने हाम्रो योजना छ । 

कति दिनदेखि अहिले काठमाडौंमा फोहोर उठेको छैन । यो फोहोर उठाउन विवेकशील साझाले कहिल्यै रोकेको छैन । मेयरले काम गरिदिएको भए काठमाडौं महानगर एकदम व्यवस्थित हुन्थ्यो होला । तर, उहाँहरूले नटेरेको भएर फेरि पनि फोहोरको बारेमा प्रतिबद्धता लेख्नुप¥यो । फोहोर स्रोतमै छुट्याएर सफा र व्यवस्थित काठमाडौं बनाउँछौँ । 

यसैगरी, वडा क्लिनिक, महिला हिंसामा शून्य सहनशीलता जस्ता व्यावहारिक कुरा हामीले ल्याएका छौँ । वातावरणका कुरामा काठमाडौंको वातावरणमा उपयुक्त हुने रूख रोप्छौँ । बालुवाटारभित्रको हेलिप्याड देखेका हामीले बालुवाटार बाहिरको तीन फुटको फुटपाथ, त्यही खाल्डाखुल्डी परेको, त्यही बिजुलीको पोल, अस्तव्यस्त तार र त्यही रोपिएको रूख देखेका छैनौँ । अब ज्योतिषलाई ल्याएर ढल कता फर्काउने होइन कि विज्ञलाई ल्याएर कसरी व्यवस्थित गर्ने भन्नेमा स्पष्ट छौँ । यसरी अगाडि बढेका छौँ । आशा छ, नगरवासीले यसमा ध्यान दिनुहुनेछ र आफ्नो मत परिवर्तन गरी हामीलाई दिनुहुनेछ । 

महिला हिंसामा शून्य सहनशीलता भन्नुभयो । तपाईं सहभागी कार्यक्रममा एमालेका मेयरका उमेदवारले प्रश्नकर्ता महिलामाथि सार्वजनिक रूपमै मौखिक हिंसा गर्नुभयो ? घटनापछि तपाईं कसरी प्रस्तुत हुनुभयो ?

उक्त घटनापछि म भएको सार्वजनिक फोरममा केशव स्थापितले स्पेस सेयर गर्न खोज्नुभएको छैन । त्यो घटनामा आएका भिडियो क्लिपहरूलाई तपाईंले पूर्वाग्रही नभईकन हेर्नुभयो भने मैले त्यसमा महिलामाथि यस्तो हिंसा भएपछि म उहाँसँग बसेर यो फोरममा बस्न सक्दिनँ भन्ने खालको कुरा उठाएको थिएँ ।

मेयर जस्तो पदमा उठिरहँदा कानुनीरूपमा निवारण भएको छैन भने कानुनी उपचार लिन मिल्छ र यसलाई समाधान गर्नुस् भनेर उहाँलाई सुझाव पनि दिएको थिएँ । किनभने, मेयर पदमा उठिसकेपछि कसैले तपाईंमाथि आरोप लगाउँछ भने तपाईं संयमित हुनसक्नुहुन्न, तपाईं संवेदनशील टिप्पणी दिन सक्नुहुन्न भने तपाईं कसरी मेयर पदको उमेदवार हुनसक्नुहुन्छ  भन्ने मेरो प्रश्न हो ।

किनभने तपाईं उमेदवार हो भने तपाईं त्यस विषयमा पनि काम गरिरहेको भनेर बुझ्छु मैले । तर, तपाईं असंवेदनशील टिकाटिप्पणी गर्नुहुन्छ भने मेयर पद जित्ने त परको कुरा उमेदवार हुन लायक पनि छ कि छैन । त्यो राजनीतिक दलले किन यसको बारेमा कुरा उठाएन भन्ने हो ।

४६ वटा महिलावादी संगठनले यसको विज्ञप्ति निकाल्दा पनि किन त्यहाँ कसैको ध्यानाकर्षण भएको छैन । मिडियाले पनि किन त्यस्ता व्यक्तिलाई आफ्नो अमूल्य स्पेस दिइराखेको छ भन्ने ठूलो प्रश्न हो । 

मेयरका लागि उठेका प्रतिस्पर्धीमध्ये तपाईं कसलाई आफ्नो प्रतिस्पर्धीको रूपमा हेर्नुहुन्छ ?
म आफूलाई मेरो ठूलो प्रतिस्पर्धीको हो भन्ठान्छु । त्योबाहेक अन्य प्रतिस्पर्धीको कुरा गर्दा नेपाली कांग्रेसको उमेदवार सिर्जना सिंहलाई मात्र प्रतिस्पर्धीको रूपमा देख्छु मैले ।

किनभने जो व्यक्ति बहस गर्न सार्वजनिक फोरमहरूमा आइराख्नुभएको छैन । असंवेदनशील टिप्पणीहरू दिइराख्नुभएको छ उहाँहरूलाई मैले प्रतिस्पर्धीको दायरामा ल्याएको पनि छैन र ल्याउँदा पनि ल्याउँदिन ।

महिला नेतृत्वको कुरा गर्दा नेपाली कांग्रेसले पनि मेयरमा महिला उमेदवारको रूपमा सिर्जना सिंहलाई उठाएको छ । उहाँको उमेदवारीलाई कसरी हेर्नुहुन्छ ? 

मेरो लागि महिला उमेदवार आउनु खुसीको कुरा हो । जुन परिवारबाट उहाँ आउनुभएको छ, परिवार लिगेसीको कुरा गर्दा गणेशमानजी नै नअटाएको पार्टी हो ।

२०५१ मा उहाँले पार्टी त्याग गर्नुभएको थियो । कांग्रेस यस्तो दल हो जसले गणेशमानको आदर्श त बोकेर हिँडेको छ, तर कुनै बेला उहाँलाई त्यहा बस्न पनि मुस्किल परेको कुरा जगजाहेर छ ।

त्यसैले, भोलि सिर्जना जी ठाउँमा पुगेर पनि काम गर्न सक्नुहुन्छ कि हुन्न भन्ने एउटा मूल प्रश्न हो । उहाँले पनि विभिन्न सार्वजनिक फोरमहरू ब्हिष्कार गरिराख्नुभएको छ, मलाई पनि बोलाएको र उहाँलाई पनि बोलाएको फोरममा उहाँले सहभागिता जनाएको देख्दिन ।

यस हिसाबले महिला मात्र भएर हुन्न, सक्षम महिला हुनुपर्छ । किनकि, काठमाडौंको बजेट नै २० अर्ब छ । त्यसको व्यवस्थापन गर्न संघीय मन्त्रालयदेखि वडा कार्यालय र नजिकका अन्य महानगरसँग पनि समन्वय गर्नुपर्छ । विदेशमा भएका नगरपालिकासँग पनि बैठक र कार्यशाला गर्नुपर्छ । उहाँहरूसँग काँधमा काँध मिलाएर हिँड्नुपर्छ । त्यसैले, तपाई. महिला मात्र भएर हुन्न, सक्षम महिला हुनुपर्छ । महानगरवासीले भोट हाल्नुअघि सबै कुरा तराजुमा हालेर जोख्नुहुन्छ होला ।


काठमाडौं भूकम्पको जोखिमयुक्त क्षेत्र हो । प्रदूषित सहरकोको लिस्टमा पनि काठमाडौं परिरहन्छ । यस्ता विपद् र वातावरणीय समस्या समाधान गर्न के सोच्नुभएको छ  ?

हाम्रो प्रतिज्ञापत्रमा के उल्लेख गरिएको छ भने खुला क्षेत्र पहिचान गरी त्यसै खुलै राख्ने या पार्क बनाइराख्ने भन्ने हाम्रो योजना छ । खुला क्षेत्रमा सर्टर बनाई कोठा भाडामा लगाई कसैले खाने होइन भन्नेमा हाम्रो पार्टी र म स्पष्ट छु ।

भएका खुला क्षेत्रलाई व्यवस्थित गर्दै भूकम्पलगायतका विपद् व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर योजना बनाएका छौँ । किनकि, काठमाडौंमा धेरै कुरा बिग्रिसकेको छ । यी बिग्रेका चीजलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर विज्ञहरूसँग बसेर राय सल्लाह लिइराखेका छौँ ।

भोलिको दिनमा हामी यस विषयमा गम्भीर भएर काम गर्छौं । विपद भनेको भुकम्प मात्र होइन, कोभिड पनि हो । यस्ता विपदसँग व्यवहार गर्न महानगर सधैँ तयार रहनुपर्छ । विभिन्न योजना र नीति बनाएर अघि बढ्नुपर्छ भनेर हामी स्पष्ट छौँ । 

काठमाडौंबासी फोहोर, ट्राफिकको समस्या भयो भनिरहन्छन्, तर मतचाहिँ परम्परागत पार्टीलाई नै दिँदै आइरहेका छन् । तपाईंलाई लाग्छ, यसपटक तपाईंले जित्नुहुन्छ ?

म महानगरबासीलाई के भन्छु भने तपाईंले जहिले पनि मेनुमा हेरेर मम चाउमिन रोज्नुभयो । त्यो सडेगलेको मम चाउमिनले तपाईंको पेट खराब गर्‍यो भने तपाईं भोलिदेखि घरको खाना खान थाल्नुहुन्छ ।

अहिले तपाईंले स्वच्छ खानाको अवसर पाइराख्नुभएको छ । यस्तै, पुरानै ढर्राका उमेदवार आइराखेका बेला उनीहरूले महानगर खराब गर्छ भन्ने जान्दाजान्दै फेरि तपाईं त्यही रोज्नुहुन्छ भने तपाईंलाई शुभकामना नै भन्नुपर्यो । नत्र, अब हामी परिवर्तन गर्छौ । ध्वस्त भएको महानगरलाई बनाउछौँ भन्ने उहाँहरूको माइन्डसेट छ भने यसपालि पुरानै मम चाउमिनमा भोट जाँदैन, तराजुमा आउनेछ । 

  


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC