site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
नेपाल–भारत साहित्य महोत्सव सम्पन्न 

काठमाडौं । नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको छ । महोत्सव नेपाल भारत–साहित्य महोत्सवले आयोजना गरेको थियो ।

महोत्सवअन्तर्गत पहिलो दिन विभिन्न सर्जकलाई सम्मानित गरियो । कार्यक्रममा बहुभाषिक कवि गोष्ठी समेत आयोजना गरिएको थियो ।

महोत्सवमा कवि बैरागी काइँला, प्रा. डा. वासुदेव त्रिपाठी, घनश्याम राजकर्णिकार, मोदनाथ प्रश्रित, डा. रामदयाल राकेश, गणेश रसिक, डा. राजेन्द्र विमल, प्रा. डा. गोविन्दराज भट्टराई, पद्मावती सिंह, माया ठकुरी, डा. गार्गी शर्मा, प्रा. डा. उषा ठाकुर, हिरण्यकुमारी पाठक, डा. बेन्जु शर्मा र उन्नति बोहरा शीलालाई सम्मानित गरिएको थियो । नेपाली ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले स्रष्टाहरूलाई सम्मानित गरेका हुन् ।

महोत्सवको स्मारिका पनि विमोचन गरिएको थियो । महोत्सवमा आयोजित महफिलमा इम्तियाज वफा, डा. साकिब हारूनी, कन्चना झा, फुरकान फैजी, करुणा झा, रेखा यादव, नसिम अख्तर, अनिलासिंह चाडक, प्रदीप बमजन, राधा पाण्डे, देवी पन्थीलगायत व्यक्तिले नेपाली, हिन्दी र उर्दू  गजल प्रस्तुत गरेका थिए ।

बहुभाषिक कवि गोष्ठीमा नरेन्द्रबहादुर श्रेष्ठ, प्रमोद प्रधान, मुरारी सिग्देल, यादव भट्टराई, उषा केसी, शान्ति सापकोटा, निर्मलरमण पराजुली, कमला रिसाल, सुमन वर्षा, जितेन्द्र रसिक, शान्ति रिसाल, मन्जिला अनिल, डा. शान्तिमाया गिरी, मनिला वन्त, डा. विजय पण्डित, ज्ञान्दरी कैनी, सरिता तुलाधर, राजेन्द्र गुरागाईं, राधिका गुरागाईं, प्रदीप देवीशरण भट्ट, मीरा प्रकाश, ऐश्वर्य सिन्हा, मनीष शुक्ल, नूतनकुमारी सिन्हा, त्रिलोक फतेहपुरी, दलवीर फूल, गिरीश त्यागी, डा. मोनिका मेहरोत्रा, आदित्यप्रताप सिंह, रमा निगम, सावित्री मिश्रा, कैलाश श्रीवास्तव, प्रभु त्रिवेदी, हरेराम बाजपेयीले कवितावाचन गरेका थिए ।

महोत्सवको दोस्रो दिन वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीलाई उनको घरमै गएर सम्मान गरिएको थियो । सोही दिन साहित्य महोत्सवअन्तर्गत साहित्यकार दिव्य गिरीको कृतिसहित भारतीय पाँच कृतिको पनि विमोचन गरियो । यस्तै, नेपाल–भारतको साहित्यमाथि कार्यपत्रहरू प्रस्तुत गरियो ।

उक्त दिन लघुकथा पनि वाचन गरिएको थियो ।

महोत्सवको अन्तिम दिन नेपाल–भारत साहित्य महोत्सवका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको संयोजनमा घोषणापत्र जारी गरिएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro