site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सत्तापक्षका सांसदको आरोप-एमालेले अराजनीतिक गतिविधि गर्‍याे

बुटवल । लुम्बिनी प्रदेश सभा बैठक मंगलबार दिउँसो १ बजे सुरु भयाे। प्रदेश सभाको १० औँ अधिवेशनकाे पहिलो बैठक सुरु हुनेबित्तिकै एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेश सभामा आफुहरूले राखेका माग पूरा नभएसम्म सदन चल्न नदिने बताए ।

सदनमा ढकालले बोलेलगत्तै एमालेका प्रदेश सभा सदस्यहरूले बेल घेराउ गर्दै नाराबाजी गरे । त्यसपछि सभामुख पूर्ण बहादुर घर्तीले ४५ मिनेटका लागि बैठक स्थगित गरे।

२ बजेलाई बैठक बोलाईयो । बैठकमा एमालेका सांसद अनुपस्थित भए ।

दोस्रो बैठकमा बोल्ने सत्ता पक्षका प्रदेश सभा सदस्यहरूले नेकपा एमालेले लगातार संसद अवरुद्ध गरेर अराजनीतिक गतिविधि गरेको आराेप लगाए । उनीहरूले अदालतमा विचाराधीन मुद्दाको विषयलाई लिएर एमालेले लामो समयसम्म सदन अवरुद्ध गरेर अराजनीतिक र गैरलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको आराेप लगाएका हुन् ।

बैठकमा नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्ती मगरले नेकपा एमालेले जनताको आवाज बुलन्द गर्ने थलो संसदलाई छ/छ महिनासम्म अवरुद्ध गरेर अराजनीतिक र गैरलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको आराेप लगाए  अदालतमा विचाराधीन मुद्दाको विषयलाई लिएर लगातार संसद अवरुद्ध गर्नुको अर्थ नहुने भन्दै उनले जनताको आवाज उठाउने गर्ने थलोलाई आफ्नो काम गर्न दिनुपर्नेमा जाेड दिए ।

त्यस्तै नेपाली कांग्रेस संसदीय दलकी सचेतक निर्मला क्षेत्री, जनता समाजवादी पार्टीकी प्रदेश सभा सदस्य निर्मला मुडवरी, राष्ट्रिय जनमाेर्चाकी प्रदेश सभा सदस्य तारा जिसीले धारणा राखेका थिए ।

यसअघि सभामुख पूर्ण बहादुर घर्तीले प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाकाे १० औँ अधिवेशन आह्वान गरेको पत्र तथा प्रदेश प्रमुखबाट प्रमाणिकरण भएका विधेयकहरूकाे सूची सदनलाई जानकारी गराएका थिए ।

आजकै बैठकमा लुम्बिनी प्रदेश सरकारकाे 'प्रदेश खेलकुद विकास पहिलो संशोधन अध्यादेश, २०७८' पेश भएको छ । लुम्बिनी प्रदेशसभाको १० औँ अधिवेशनको दाेस्राे बैठकमा लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले अध्यादेश सभामा पेश गरेका हुन् ।

प्रदेश सभाको अर्को बैठक आगामी जेठ १० गते दिउँसो १ बजे बस्नेगरि स्थगित भएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  २०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro