site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसीका मुख्यमन्त्रीले गरे विपक्षी दलसँग छलफल, कमजोरी सच्याउने आश्वासन

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विपक्षी दलसँग छलफल गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कोसी प्रदेशसभा बैठकलाई गर्ने सम्बोधनका विषयमा औपचारिक जानकारी नगराएको भन्दै विपक्षी दलहरूले असन्तुष्टि जनाएका थिए ।

उनीहरूको असन्तुष्टिलाई सम्बोधन गर्न मुख्यमन्त्री कार्कीले नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्र आङ्बोसँग विराटनगरमा छलफल गरेका हुन् । मुख्यमन्त्री कार्कीले कमजोरीहरू सच्याएर अघि बढ्ने बताएको नेता आङ्बोले जानकारी दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (एकीकृत समाजवादी)ले आजको बैठकमा अनुपस्थित हुन सक्ने जनाउ दिएका थिए । प्रदेशसभा सचिवालयले दिएको जानकारीअनुसार, आज दिउँसो २ बजे प्रधानमन्त्रीले सभालाई सम्बोधन गर्ने कार्यसूची छ  ।

प्रधानमन्त्री ओली पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भएर दिउँसो सुन्दर हरैँचाबाट विराटनगर आउने तय भएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १२:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro