site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेसँग तालमेल भएका ठाउँमा सूर्यमा मतदान गर्न राप्रपा नेपालको आह्वान 
फाइल तस्बिर ।

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले नेकपा (एमाले)सँग चुनावी तालमेल भएका ठाउँमा सूर्य चिह्नमा मतदान गर्न नेता–कार्यकर्तालाई आह्वान गरेको छ ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले आफ्ना उमेदवार भएका ठाउँमा तीरमा र एमालेसँग तालमेल भएका ठाउँमा सूर्यमा मतदान गर्न आह्वान गरेको हो ।

“२०७८ चैत ३० गते नेकपा (एमाले)सँग स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालले आफ्नो पार्टीका उमेदवार नभएका ठाउँमा नेकपा (एमाले)का उमेदवारहरूलाई सघाउने गरी आपसी सहकार्य गर्न भएको सहमतिबमोजिम राप्रपा नेपालका सदस्यहरू, शुभचिन्तक तथा मतदाताहरूलाई राप्रपा नेपालका आफ्ना उमेदवार भएका गाउँ तथा नगरपालिकाहरूमा पार्टीको चुनाव चिह्न ‘तीर’मा मतदान गर्नुहुन र नेकपा (एमाले)सँग चुनावी सहमति भएका ठाउँहरूमा ‘सूर्य’ चिह्नमा मतदान गर्नुहुन राप्रपा नेपाल आह्वान गर्दछ,” निर्णयमा भनिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  १२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro