site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
सधैँ सबैको चुनावी एजेन्डा ‘सफा र स्वच्छ जनकपुर’ : फोहोरको समस्या अझै उस्तै
SkywellSkywell

जनकपुरधाम । ०७४ को स्थानीय निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाका प्रायः सबै उमेदवारको चुनावी एजेन्डा थियो– सफा र स्वच्छ जनकपुर ।

उनीहरूले चुनाव प्रचारप्रसारको दौरान फोहोर व्यवस्थापनको आश्वासन बाँडे । अन्ततः वर्षौंदेखि फोहोर र दुर्गन्ध झेलिरहेका जनताले मत दिएर जनप्रतिनिधि छनोट गरे ।

निर्वाचित जनप्रतिनिधिले कार्यपालिकाको पहिलो बैठकमै जनकपुरधामलाई  ‘सफा र स्वच्छ’ बनाउने निर्णय पनि गरे । तर, उनीहरूको कार्यकाल सकिसक्दा पनि समस्या उस्तै छ । यहाँका बासिन्दा फोहोर, दुर्गन्ध र लामखुट्टेको समस्या उसैगरी झेलिरहेका छन् ।

KFC Island Ad
NIC Asia

आसन्न स्थानीय निकायको निर्वाचनमा जनकपुरको प्रमुखका लागि २६ जनाले उमेदवारी दिएका छन् । हरेक उमेदवारले फेरि पनि चुनावी एजेन्डामा फोहोर व्यवस्थापनको विषय उठाएका छन् ।

पञ्चायतकाल र ०७४ मा गरी दुई कार्यकाल जनप्रतिनिधि भएर काम गरिसकेका निवर्तमान मेयर लालकिशोर साहले पनि पुनः जनकपुरधामलाई स्वच्छ बनाउने आश्वासन बाँडिरहेका छन् । उमेदवारी दर्ताको दोस्रो दिन सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कयौँ चुनावी एजेन्डा दोहोर्याए । 

“कतिपय काम गर्न बाँकी छ । कयौँ काम अधुरै छन्,” साहले भने, “अब त्यो सबै पूरा र्गछु । जनकपुरलाई सफा बनाउनेदेखि महत्त्वपूर्ण काम गर्छु ।” साह अहिले गठबन्धनको तर्फबाट मेयर पदका उमेदवार हुन् । उनी जनता समाजवादी पार्टी (जसपा)बाट उमेदवार बनेका हुन् । यसअघि ०७४ को निर्वाचनमा उनी तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट प्रमुख पदमा निर्वाचित भएका थिए ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मेयर पदका उमेदवार मनोज चौधरी पनि फोहोरको समस्या समाधान गर्ने आश्वासन बाँडिरहेका छन् । पार्टी र आफ्नो चुनावी एजेन्डामा प्राथमिकतासाथ उनले फोहोर व्यवस्थापनको मुद्दा उठाएका छन् ।

“जनकपुरलाई सफा, हरियो र सुन्दर बनाउन, पर्यटनको विकास गर्न, स्वास्थ्यमा सुधार गर्न, शिक्षाको स्तर उठाउन र लामखुट्टे मुक्तलगायत काम गर्न मैले उमेदवारी दिएको छु,” उनले भने, “सबैभन्दा पहिलो काम फोहोर व्यवस्थापन नै हुन्छ ।”

साह जनकपुर बस व्यवसायी संघको अध्यक्षसमेत हुन् । 

जनमत पार्टीबाट मेयर पदमा उमेदवारी दिएकी अनिता साह अहिलेको जनकपुरलाई ‘नरक’को संज्ञा दिन्छिन् । आफू निर्वाचित भए सीता र दुर्गाजस्तो क्रान्ति गरेर जनकपुरलाई फोहोर र लामखुट्टेमुक्त सहर बनाउने उनको दाबी छ ।

“सीताको भूमि फोहोर र दुर्गन्धले भरिएको छ । जसको बारेमा नकारात्मक टिकाटिप्पणी जताततै भइरहेको छ,” उनले भनिन्, “त्यो लगायतको काम गर्न मैले उमेदवारी दिएको छु ।”

जनकपुरमा सार्वजनिक शौचालय अभाव रहेको उल्लेख गर्दै उनले सबै समस्या समाधान गरेर आर्दश नगरी बनाउने उनको भनाइ छ । 

प्रमुख पदमा स्वतन्त्र उमेदवारी दिएका बलराम महतोले पनि जनकपुरको स्वरूप परिवर्तन गर्ने बताउँछन् । “जनकपुर अहिले उपमहानगरपालिका छ र पछि महानगरपालिका हुन्छ । म यहाँ निर्वाचित भएपछि योसँगै यसको स्वरूप पनि फेरिन्छ,” उनले भने, “त्यसपछि जनताले फोहोरको थुप्रो जनकपुरमा देख्न पाउँदैनन् । हरेक टोल र चोक सफा, सुन्दर हुन्छ । लामखुट्टेले जनकपुरवासीलाई सताउँदैन ।”

महतो रमण कन्ट्रक्सनका सञ्चालक थिए । अहिले कन्ट्रक्सनको काम छोरालाई जिम्मा लगाएर उनी निर्वाचनमा होमिएका छन् । रमण कन्ट्रक्सनमाथि भ्याट छलीको आरोप छ । 

शिक्षक असोक साह जनकपुरको फोहोरमा राजनीति हुने गरेको बताउँछन् । ल्यान्डफिल प्रमुख राजनीतिक दलको षड्यन्त्रकै कारण बन्न नसकेको उनको ठहर छ ।

“जनकपुरमा ल्यान्डफिल बनाउने योजना र दाता पनि आएको थियो । तर, राजनीतिकर्मीको जस लिने होडका कारण योजना अगाडि बढ्न सकेन,” उनले भने, “नभए सबै दलका नेताहरू चाहेर पनि जनकपुरवासी वर्षौंदेखि फोहोरको समस्या झेल्नुपर्ने ? यसमा राजनीति भइरहेको प्रष्ट छ ।”

दुधमती सफाइ अभियानका आदित्य साह ठोस योजना र जग्गा अभावमा फोहोर व्यवस्थापन हुन नसकेको बताउँछन् । जनप्रतिनिधिले पनि फोहोर व्यवस्थापन गर्ने नीति, नियम र योजना नल्याएको उनको टिप्पणी छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९  ०८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro