site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले ललितपुरका उमेदवार भन्छन्– ६ हजार मतान्तरले जित्नेमा ढुक्क छु  
Tiktok banner adTiktok banner ad

०७४ को स्थानीय तह निर्वाचनमा ३२६ मतान्तरले पराजित भएका हरिकृष्ण ब्यञ्जनकार यसपटक पनि नेकपा एमालेका तर्फबाट ललितपुर महानगरपालिकाको मेयर पदका उमेदवार बनेका छन् । यस पटकको निर्वाचनमा उनी अघिल्लो निर्वाचनको मतान्तर पुर्दै विजय हासिल गर्ने योजनामा छन् । तर, अघिल्लो पटक कांग्रेसकातर्फबाट उमेदवार भएर निर्वाचित भएका चिरिबाबु महर्जनसँगै उनको प्रतिष्पर्धा हुँदै छ । महर्जन हाल कांग्रेसका तर्फबाट सत्ता गठबन्धनका उमेदवार छन् । निर्वाचनमा पाँच दलीय गठबन्धन भए पनि चुनौती नरहेको र आफू पाँच हजार मतान्तरले विजयी हुनेमा ढुक्क रहेको ब्यञ्जनकार बताउँछन् । उनै ब्यञ्जनकारसँग बाह्रखरीका कुञ्जरमणि भट्टराईले आसन्न स्थानीय निकायको निर्वाचनसँग सम्बन्धित रहेर गरेको कुराकानीको सम्पादित अंश :
 

अघिल्लो निर्वाचनमा पराजित भए पनि एमालेले तपाईंलाई नै उमेदवार बनायो । पार्टीले अरु नेता नपाएको हो कि अरु नै कारण छन् ?

अघिल्लो निर्वाचन मैले जितेको नै हो । कर्मचारीहरूले मत गणनामा त्यतिबेला मलाई हराइदिए । त्यसको प्रमाण मसँग छ । र, त्यो सर्वोच्च अदालतमा पेश पनि गरेको थिएँ । त्यतिबेला हाम्रो पनि गल्ति भएको थियो । विगतका गल्तिलाई सच्याएका छौं ।

हाम्रो पार्टीमा थुप्रै नेताहरु हुनुहुन्छ । नेताहरू नभएको भने होइन । तर, म महानगरमा धेरै काम गरेको मान्छे हुँ । हरिकृष्ण भिजन भएको मान्छे हो, अघिल्लो पटक पारजित भए पनि यो पटक काम गर्न दिनुपर्छ भन्ने साथीहरूको कुरा रह्यो । त्यसैले पार्टीको महानगर, जिल्ला कमिटीको सिफारिसमा केन्द्रले मलाई नै उमेदवार बनाउने निर्णय गर्यो ।
 
अघिल्लो निर्वाचनमा पार्टीहरु छुट्टाछुट्टै निर्वाचनमा गएका थिए । अहिले पाँच दलीय गठबन्धन छ । चुनौती कतिको छ ?

०७४ को निर्वाचनमा छुट्टा–छुट्टै उमेदवार भए पनि पनि कांग्रेस र माओवादी मिलेकै थिए । अहिले गठबन्धन–गठबन्धन भनिरहेका छन् । पाँच दल मात्रै होइन त्यसमा अरु मिसिएर आए पनि हामी एक्लै सामना गर्न तयार छौँ । उनीहरु कमजोर छन् ।

फौजको सहारा लिएर अघि बढ्न खोजिरहेका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवालेसमेत एमालेसँग एक्लै लड्न सकिँदैन भनिसकेका छन् । कमजोरहरू मिलेर आउँछन् । हामी बलिया छौं । हामी सिंह हौँ । उनीहरूलाई ५–६ हजारको मतान्तरले हराउँछु ।  

ललितपुरबासीले तपाईं नै भोट किन गर्ने ? 
मसँग समृद्ध महानगर बनाउने भिजन छ । पहिले पनि जनताले त्यही अनुसार भोट दिएका हुन् । अहिले पनि दिन्छन् । पहिले जितेर पनि हारियो । अहिले ५–६ हजार मतान्तरले जित्नेमा ढुक्क छु ।
 
निर्वाचन आउन १४ दिन मात्रै बाँकी छ । कसरी तयारी  गरिरहनुभएको छ ? 

प्रत्येक वडामा हाम्रो संगठन छ । हाम्रा कार्यकर्ता छन् । प्रत्येक वडामा हाम्रा समर्थक तथा सुभेच्छुक छन् । एउटा फोनको भरमा म्यासेज पुगिरहेको छ । यो प्रविधिको जमाना हो । त्यसले पनि प्रचार–प्रसार गर्न सहज छ । प्रत्येक वडामा सम्पर्क कार्यालय खोलिसक्यौं । अहिले जनताको माग सुन्ने काम भइरहेको छ । आ–आफ्ना वडामा उमेदवारले घर दैलो गरिरहनुभएको छ । मेयरकै हिसाबले भने आजबाट घरदैलो सुरु गरेको छु ।  

घरदैलोमा पुग्दा मतदाताको प्रतिक्रिया कस्तो छ ? 

मतदाताले तपाईंको पोजिसन राम्रो छ । पहिले हामीबाट पनि केही कमजोरी भयो । तपाईंबाट पनि केही कमजोरी रह्यो । अब त्यो अवस्था आउँदैन । ललितपुर बनाउन तपाईं नै चाहिन्छ भनेर मतदाताले भनिरहनुभएको छ । 

निर्वाचित भएको अवस्थामा के गर्नुहुन्छ ? 

हामी ललितपुरलाई सांस्कृतिक महानगर बनाउन चाहन्छौँ । ललितपुरलाई समृद्ध बनाउन चाहन्छौं । हाम्रो मुख्य भिजन त्यही हो । त्यसका लागि शिक्षा, स्वास्थ्य, सामाजिक शिक्षा, भौतिक पूर्वाधारमा उपलब्धि हुनुपर्छ । यी कुराहरूमा उपलब्धि गर्दै जान्छौं । हामीसँग भिजन छ । त्यही अनुसार काम गर्नेछु । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro