site stats
बाह्रखरी :: Baahrakhari
विशेष
काम्दै सिधा उभिन नसकेको भिडियोपछि पुटिनको स्वास्थ्य अवस्थाबारे चर्चा 

मस्को । युक्रेनमा हिंसात्मक युद्ध थालेको ४० दिन बितिसक्दा पनि दुवै पक्षबीच जित–हारको फैसला हुन सकेको छैन ।

पश्चिमबाट व्यापक समर्थन पाइरहेको युक्रेन कुनैपनि हालतमा आत्मसमर्पण गर्न चाहँदैन भने रुस पनि पछि हट्न तयार छैन ।

यसैबीच, ६९ वर्षीय राष्ट्रपति भलादमिर पुटिनको एक नयाँ भिडियो सार्वजानिक भएको छ जसले उनको स्वास्थ्य अवस्थाबारे व्यापक बहस सुरु भएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गए राति एक चर्चमा भएको इस्टर समारोहमा पुटिन सिधा उभिनै नसकेको, एकदम असहज शैलीमा लगातार ओठ टोकिरहेको अनि उनका हातहरु पनि कामिरहेको देखिएको छ । त्यसैले उनको शारीरिक स्वास्थ्य अवस्थामा केही समस्या आएको हुन सक्ने अनुमान गरिएको छ । 

रुसको टेलिभिजनमा प्रशासरण गरिएको उक्त छोटो फुटेजमा पुटिन पहिलेभन्दा दुब्लाएजस्तो पनि देखिएका थिए । त्यस्तै, एक शीर्ष अधिकारीसँगको बैठकमा उनले एकदम गाह्रो गरी टेबलको छेउ बेस्सरी समातेर बसिरहेको देख्न सकिन्छ । 

यसपछि सामाजिक संजालभरि उनको अवस्थालाई ‘पार्किन्सन्स’ नामक रोगसँग जोडिएको छ । पार्किन्सन्स भनेको मस्तिष्क सम्बन्धी समस्या हो जसले व्यक्तिमा काम्ने, शरीर अठ्ठिने र हिँड्न अनि सिधा उभिन कठिनाइ हुने हुन्छ । प्रायः मानिसहरुमा पार्किन्सन्स एकदम खराब स्तरमा पुगिसकेपछि मात्र यसका लक्षणहरु देखा पर्दछन् । र यसका बिरामीहरुले बिस्तारै हिँड्न र बोल्नमा एकदम कठिन महसुस गर्दै जान्छन् । 

सो समारोहमा पुटिन मस्कोको सेभियर क्याथेड्रलमा शहरका मेयर सेर्गी सोबिआनिनसँग देखा परेका थिए । यसमा उनले एकदम असहज मानिरहेको र लगातार ओठ टोकिरहेको स्पष्ट देख्न सकिन्छ । त्यस्तै उनले बारम्बार माथि तल हेरिरहेको पनि पाइन्छ । यति मात्र नभएर एउटा क्षण्मा त उनले आफ्नो शरीरलाई हलचल गराउन एकदम ध्यानपूर्वक हातखुट्टा यताउती गरिरहेको देखिएको छ । 

पुटिनको यो उपस्थितिलाई अहिलेसम्मकै सबैभन्दा आश्चर्यजनक मानिएको छ । किनकी उनी प्रायः एकदम बलवान स्वरुपमा देखा पर्ने गरेका छन् । यता स्वास्थ्यविद्हरुले पनि उक्त फुटेजमा पुटिन वास्तवमै स्वस्थ अवस्थामा नभएको दाबी गरेका छन् । 

पुटिनको स्वास्थ्य अवस्थाबारे लामो समयदेखि नै विभिन्न अनौपचारिक खबरहरु बाहिर आइरहेको थियो । तर क्रेम्लिनले यस्ता सबै शंकालाई गलत दाबी गर्दै आएको छ । पुटिन आगामी अक्टोबरमा ७० वर्ष पुग्नेछन् । 

यसअघि स्वतन्त्र रुसी मिडिया, प्रोएक्ट मिडियाको अनुसन्धानात्मक रिपोर्टमा मस्कोका युभेजेनी सेलिभेनोभ नामक एक शल्यक्रियाका डाक्टर पुटिनको स्वास्थ्य परीक्षणका लागि ३५ पटक सोचीको रिसोर्टमा पुगेको बताइएको थियो । उनी एक अत्यन्तै प्रतिष्ठित डाक्टर र थाइरोइड क्यान्सरका विज्ञ हुन् । क्रेम्लिनले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन तर प्रोएक्ट मिडियालाई रुसमा प्रतिबन्धित गराएको छ । द सनबाट 

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  ०६:५५
प्रतिक्रिया दिनुहोस्