site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
 ‘पल्पसा क्याफे’ नाटक आजबाट मण्डला थिएटरमा मञ्चन हुँदै

काठमाडौं । कोभिड महामारीका कारण अघिल्लो वर्ष प्रदर्शन हुनबाट रोकिएको थिएटर भिलेजको नाटक ‘पल्पसा क्याफे’ आजबाट प्रदर्शन हुने भएको छ । अपराह्न साढे ४ बजेबाट मण्डला थिएटरमा नाटक मञ्चन सुरु हुनेछ । 

शनिबार दिउँसो १ बजे अतिरिक्त शो पनि रहेको निर्देशक विमल सुवेदीले जानकारी दिए । सोमबार भने नाटक मञ्चन हुने छैन ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’ मा आधारित भएर बनाइएको उक्त नाटकमा निर्देशक सुवेदीसँगै नायिका श्रृष्टि श्रेष्ठ, दीपेश राई, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंहरानालगायत कलाकारको अभिनय छ ।

नाटकले तत्कालीन सरकार र माओवादी द्वन्दको अवशेषका रुपमा रहेका विद्यमान समस्यालाई पनि समेट्ने छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  १०:१३
प्रतिक्रिया दिनुहोस्