site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
जनकपुरको मेयरमा जसपा र लोसपा सांसदबीच प्रतिस्पर्धा हुने सम्भावना
SkywellSkywell

जनकपुरधाम । आसन्न स्थानीय तहको निर्वाचन नजिकएको छ । दलहरु उमेदवार छनोट प्रकृयाको अन्तिम चरणमा छन् । मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा सत्तारुढ दलले साझा उमेदवार उठाउने सहमति गरिसकेका छन् । जनता समाजवादी पार्टी (जसपा)ले नगर प्रमुख र नेपाली कांग्रेसले उपप्रमुख पाउने गरी शीर्ष नेताहरुले चुनावी तालमेल गरेका छन् । 

यद्यपि, यी दुबै दलले उमेदवार तय अझै गर्न सकेका छैनन् । कांग्रेसमा केही असंतुष्टि पनि देखिएको छ । प्रतिस्पक्षी दलले उमेदवारको नाम सिफारिस गरिसकेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रदेश सांसद परमेश्वर साहसहित पाँचजनाको नाम सिफारिस गरेको छ ।  नेकपा एमालले एकल नाम व्यवसायी शिव शंकर साह (हिरा)को नाम सिफारिस गरेको छ । 
 
सत्तारुढ दलबीच चुनावी तालमेल भएपछि धरै आकांक्षी आन्तिरक रुपमा टिकटका लागि लविङमा छन् । सत्तारुढ दलबाट सांसदहरु पनि उमेदवार बन्ने रुचि देखाइरहेका छन् । जसपाले पाएको मेयरमा प्रदेशसभा सदस्य रामआशिष यादवले पनि उमेदवार बन्ने चाहना देखाएका छन् । पार्टीले जिमेवारी दिए निर्वाह गर्न तयार रहेको सांसद यादवले बताए । “पार्टीले जिमेवारी दिए निर्वाह गर्न तयार छु,” उनले भने, “साथीहरुले पनि त्यही आधारमा कुरा गरिरहेका छन् । मलाई उमेदवार बनाउन पार्टीको स्थानीय नेता तथा कार्यकर्ताको पनि दबाब छ ।” 

KFC Island Ad
NIC Asia

तत्कालीन संघीय समाजवादी फोरमबाट ०७४ सालमा पनि आफूलाई जनकपुरको मेयरमा उठ्न दबाब दिइएको उनले स्मरण गरे । तर, यसपटक नर्कान नसक्ने अवस्था रहेको उनी बताउँछन् । यद्यपि, पार्टीबाट निकै अकांक्षी रहेकाले स्थानीय चुनावमा नआउने प्रयास गर्ने उनको भनाइ छ । 

सत्तारुढ दलले चुनावी तालमेल गरेपछि प्रतिपक्षी दल पनि गठबन्धन गर्ने तयारीमा छन् । लोसपाले एमाले र नयाँ राप्रपासँग तालमेल गर्ने बताइएको छ । लोसपाले चुनावी तालमेल गरी अगाडि बढे सांसद साहले टिकट पाउने सम्भावना बढ्नेछ । जनता र पार्टीभित्र नेता तथा कार्यकर्ताको दबाबको कारण मेयरमा चुनाव लड्न खोजेको उनको भनाइ छ । पार्टीलाई मजबुत बनाउन पनि आफ्नो उमेदवारी आवश्यक रहेको उनी बताउँछन् । पार्टीले टिकट पक्का गरेपछि सांसद पदबाट राजीनमा दिएर चुनावी प्रचारप्रसार लाग्ने उनले बताए । 

दुबै सांसद पार्टीबाट बलियो उमेदवार हुन् । पार्टीले अवसर दिए जित्ने उनीहरुको विश्वास छ । लोसपाबाट मेयरका लागि सिफारिस भएका जानकी राम साहले पार्टी परित्याग गरिसकेका छन् । जनकपुरधाम उपमहानगरपालिका ७ का वडाध्यक्षसमेत रहेका साह लोसपाबाट टिकट पाउने सम्भावना नदेखेपछि उनी एमालेमा प्रवेश गरेका छन् । एमालेबाट टिकट पाउने उनको पनि सम्भावना छ । स्वतन्त्र उमेदवार बलराम महतो चुनावी प्रचार प्रसार तिब्र रुपमा गरिरहेका छन् । 

कांग्रेसमा विद्रोहः राजीनामा दिने तयारी
शिर्ष नेताहरुले गरेको चुनावी तालमेल स्थानीय नेताहरुले नमान्ने अडान लिएका छन् । कांग्रेसले मतको अधारमा सबैभन्दा बलियो पार्टी भए पनि उपप्रमुखमा सहमति जनाउने कदम गलत रहेको नगर उपसभापति राकेश विक्रम साहले बताए । ०७४ को चुनावमा तत्कालीन राजपा पहिलो र कांग्रेस दोस्रो पार्टी बनेको थियो । नगर कमिटिले नगर प्रमुख र उपप्रमुख पदका लागि अकांक्षीको नाम सिफारिस गर्ने दिन नै सत्तारुढ दलबीच सहमति भएको थियो । आज केही विद्रोही नेताहरु संयुक्त राजीनामा दिने तयारीमा छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  ०८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro