site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मधेसमा कांग्रेसले जोगाउला विरासत ? यस्तो छ २०७४ को अवस्था 

काठमाडौं । मधेश प्रदेश नेपालको सबैभन्दा धेरै स्थानीय तह भएको दोस्रो ठूलो प्रदेश हो । प्रदेशको ८ स्थानीय तहमा १ महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका गरेर यहाँ १३६ वटा स्थानीय तह रहेका छन् । वडाको संख्या पनि १ हजार २७१ रहेको छ ।

गएको स्थानीय तह निर्वाचनमा वर्तमान सत्ताको प्रमुख दल नेपाली कांग्रेसले ४० स्थानीय तहमा प्रमुख जितेको छ भने ३८ स्थानीय तहमा उपप्रमुख जित्न सफल भयो । यता, २९५ वडामात्र कांग्रेसले जित्न सफल भयो । 

मधेश प्रदेशमा दोस्रो दलको रूपमा तत्कालीन संघीय समाजवादी फोरम उदाएको देखिन्छ । पछि यो दल नयाँ शक्ति, राष्ट्रियता जनता पार्टीसँग मिल्दै जनता समाजवादी पार्टी बन्यो । तेस्रो दलको रूपमा राष्ट्रिय जनता पार्टी (राजपा)ले मत ल्याउन सफल भयो । उसले २५ स्थानीय तहमा प्रमुख पद जितेको थियो । यता, मधेशमा नेकपा(माओवादी केन्द्र)ले चौथो दलको रूपमा मत ल्याउन सफल भएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ । माओवादीले २१ स्थानीय तहमा जित हासिल गर्न सफल भयो । यस्तै नेकपा(एमाले) ले १८, नयाँ शक्ति पार्टीले १, नेपाल लोकतान्त्रिक फोरमले ३ र नेपाली जनता दलले २ स्थानीय तहामा विजयी हासिल गरेको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ ।
यस्तो थियो ८ जिल्लामा कांग्रेसको अवस्था 

१८ स्थानीय तह रहेको सप्तरीमा ५ स्थानीय तह कांग्रेसको पकडमा 

९ नगरपालिका र ९ गाउँपालिका रहेको सप्तरीमा १८ स्थानीय तह रहेको छ । जसमध्ये १६४ वडा रहेका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा पार्टीले ५ स्थानीय तहमा प्रमुख र ७ स्थानीय तहमा उपप्रमुख जितेको थियो । अर्थात् यस्तै २७ प्रतिशत स्थानीय तह प्रमुख र करिव ३९ प्रतिशत उपप्रमुख जितेको थियो। १६४ मध्ये ४० वडा जितेको थियो । अर्थात् करिव २५ प्रतिशत प्रतिशत वडा जितेको कांग्रेसले जितेको थियो । 

जिल्लाको अग्नीसाइर कृष्णासवरण गाउँपालिका अध्यक्षमा कांग्रेसका परशुराम चौधरी विजयी भएका थिए । उनले ३३९५ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ । यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै मिना चौधरी विजयी भएकी थिइन् । उनले २९४८ मत प्राप्त गरिन् । 

६ वटा वडा रहेको गाउँपालिकामा कांग्रेसका तर्फबाट वडा नम्बर १ मा कांग्रेसका शुशिल कुमार चौधरी , वडा नम्बर ४ मा तेजनारायण यादव, ५ मा श्रीप्रसाद यादव विजयी भएका थिए । 

जिल्लाको कञ्चनरूप नगरपालिकामा कांग्रेस उपप्रमुख पद मात्र जित्न सफल भयो । ४७५८ मतका साथ पार्टी उमेदवार निरू पोखरेल विजयी भइन् । १२ वडा रहेको नगरपालिकामा पार्टीका तर्फबाट १ नम्बर वडामा करिम शेख, २ मा मेहदी हुसैन, ३ मा सत्यनारायण साहु तेली, ५ मा कैलाश कुमार शाह, ६ मा मोहम्मद जिब्रिल मियाँ वडा अध्यक्षको बन्न सफल भए । 

खडक नगरपालिकाको पनि प्रमुख पद कांग्रेसले जित्न सकेन । यहाँ संघीय समाजवादी फोरम विजयी भयो । कांग्रेसको उमेदवारले दोस्रो स्थानमा मत ल्याए । तर, उपप्रमुख भने कांग्रेसले जित्न सफल भयो । नगरको उपप्रमुखमा पार्टीका तर्फबाट उमेदवार बनेकी यसमिन सुलतान खातुन ३२३७ मतका साथ विजयी भइन् । ११ वटा वडा रहेको नगरमा कांग्रेसका उमेदवारहरू वडा नम्बर १ मा सिंहेश्वर मण्डल, २ मा रामअवतार साह, ३ नम्बर वडामा गमकलाल चौधरी थारू, वडा नम्बर ९ मा ईझारूल मियाँ, वडा नम्बर १० मा राजेन्द्रप्रसाद चौधरी विजयी भएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ ।

२०७४ छिन्नमस्ता गाउँपालिकामा भने कांग्रेसको अवस्था कमजोर देखिन्छ । उसले गाउँपालिका अध्यक्ष उपाध्यक्ष मात्र होइन वडाको नेतृत्व पनि गुमाएको छ । ७ वडा रहेको गाउँपालिकामा कांग्रेसका तर्फबाट उमेदवार बनेका वडा नम्बर ४ का वडा अध्यक्ष रामनन्द पण्डित र उनको प्यानल मात्र विजयी हुन सफल भयो । 

वडा रहेको डाक्नेश्वरी नगरपालिकामा पनि कांग्रेस कमजोर नै देखिएको छ । पार्टीले प्रमुख उपप्रमुख त गुमायो नै १० वडाममध्ये वडा नम्बर १ मा विजयकुमार चौधरी, २ मा रहमान मियाँ, ६ नम्बर वडामा रामनारायण यादव कांग्रेसका उमेदवारहरू विजय हुन सफल भए । 

तिरहुत गाउँपालिकामा पनि कांग्रेसले वडामात्र जित्न सक्यो । निर्वाचन आयोगको तथ्यांक अनुसार गाउँपलिकाको वडा नम्बर ३ मा पार्टीबाट उमेदवार बनेका भोगानन्द महत्मान यादव सहितको प्यानलमात्र विजयी हुन सफल भयो । 

२०७४ को चुनावमा तिलाठी कोइलाडी गाउँपालिकामा प्रमुख उप्रमुख कांग्रेसले जित्न सकेन । ८ वटा वडा रहेको गाउँपालिकामा पार्टीले ४ वडामा पकड जमाउन सफल भयो । पार्टीका तर्फबाट उमेदवार बनेर वडा नम्बर १ मा दिनेश्वर मिश्र, ३ नम्बर वडामा मनोज कुमार चौधरी, ६ नम्बर वडामा गोविन यादव, ७ नम्बर वडामा गुलाब प्रसाद सिंह विजयी भए ।

कांग्रेसले जिल्लाको बेल्ही चपेना गाउँपालिकामा भने अध्यक्ष र उपाध्यक्ष दुबै जित्न सफल भयो । गाउँपालिका अध्यक्षमा परमानन्द यादव ३५४५ मत ल्याउँदै विजयी भए । उपाध्यक्षमा पुष्पमाला कुमारी मण्डल ३४५५ मतका साथ विजयी भइन् । यता, ६ वडा रहेको गाउँपालिकाको वडा नम्बर १ मा नारायण यादव, ३ मा सितारामा यादव,५ नम्बर वडामा लक्ष्मीनारायण ठाकुर(हजाम) पार्टीका तर्फबाट उमेदवार बन्दै विजयी भए । यता, १० वडा रहेको बोदेबसाइन नगरपालिकामा भने कांग्रेस निल लागेको थियो । ६ वटा वडा रहेको महादेवा गाउँपालिकाको वडा नम्बर ४ मा कांग्रेसका जुगेश्वर शाह वडा अध्यक्षमा विजयी हुँदै पार्टीलाई निल हुनबाट जोगाएका थिए । 

राजविराज नगरपालिकामा पनि कांग्रेसको अवस्था २०७४ को चुनावले दयनिय भएको स्पष्ट पार्छ । १६ वडा रहेको नगरमा कांग्रेस उमेदवार समिरकुमार झाले वडा नम्बर ५ बाट वडा अध्यक्ष बन्न सफल भए । रूपनी गाउँपालिका वडा नम्बर ३ मा अमर मुखिया, ५ मा जगदिश दाश, ६ मा गोविन्दसिंह थापा विजयी भए । जिल्लाको वलान विहुल गाउँपालिकामा पनि कांग्रेस निल लागेको थियो । 

२०७४ को स्थानीय तह निर्वाचनमा जिल्लाको विष्णुपुर गाउँपालिका अध्यक्ष कांग्रेसले जित्यो । २१२४ मतका साथ लिलाम्बर यादव अध्यक्षमा विजयी भए । उपाध्यक्षमा २०७८ मतका साथ जंजिरा देवी यादव विजयी भइन् । ७ वडा रहेको गापामा वडा नम्बर १ मा इम्ब्राहीम मन्सुरी, २ मा भोगेन्द्र प्रसाद यादव, ४ मा दिनेशकुमार यादव कांग्रेसबाट चुनाव लड्दै विजयी भए ।

यता, जिल्लाको शम्भुनाथ नगरपालिकामा प्रमुख पनि कांग्रेसकै पकडमा रह्यो । नपा अध्यक्षमा योगेन्द्र प्रसाद चौधरी २७७८ मतका साथ विजयी भए । यस्तै उपप्रमुखमा २६०६ मत ल्याउँदै कविता कुमारी सरदार विजयी भइन् । नगरपालिकाको वडा नम्बर ८ नम्बर वडामा लक्ष्मीकान्त चौधरी , ९ मा मनोजकुमार चौधरी, ११ मा शम्भुप्रसाद चौधरी थारू, १२ मा लक्ष्मी साह विजयी भए । सप्तकोशी नगरपालिकामा भने कांग्रेस निल नै लाग्यो ।

सुरूङ्गा नगरपालिकाको गएको स्थानीय चुनावमा प्रमुख उपप्रमुख कांग्रेसले जित्यो । नगर प्रमुखमा पार्टीका तर्फबाट उमेदवार बनेका ५२७९ मत ल्याउँदै मुक्तिनाथ चौधरी विजयी भए । यस्तै ५०६३ मत ल्याउँदै विन्दाकुमारी पासवान विजयी भइन् । वडा नम्बर ३ मा कांग्रेसका रुद्रबहादुर कार्की, ७ मा शिवनारायण चौधरी, १० मा छुतहरु मुखिया विजयी भए । हनुमाननगर कंकालिनी नगरपालिकामा पनि कांग्रेस निल लागेको तथ्यांकले देखाउँछ ।


सिराहमा कांग्रेसको अवस्था दयनीय, ३ स्थानीय तहमा ‘निल’

१७ स्थानीय तह रहेको मधेश प्रदेशको सिराह जिल्लामा ८ नगरपालिका र ९ गाउँपालिका रहेका छन् । जसमध्ये १६४ वडा रहेको छ । कांग्रेसले २०७४ को निर्वाचनमा जिल्लाको कल्याणपूर नगरपालिका र नवराजपुर गाउँपालिकामा मात्र अध्यक्ष उपाध्यक्ष जित्न सफल भयो । ३ स्थानीय तहमा निल लागेको कांग्रेसले ६ स्थानीय तहमा एउटा वडा भन्दा जित्न सकेन । १६४ मध्ये कांग्रेसले ३८ वडामात्र जित्न सफल भयो । 

जिल्लाको अर्नमा गाउँपालिकामा कांग्रेसले प्रमुख उप्रमुख जित्न सकेन । वडा नम्बर ५ मा मात्र कांग्रेसले जित्न सफल भयो । औरही गाउँपालिकामा पनि कांग्रेसले वडामात्र चित्त बुझाउनु पर्‍यो । पार्टीले वडा नम्बर २ मा प्रभु साहमात्र विजयी भए ।

यता, कल्याणपुर नगरपालिकामा कांग्रेसका सूर्थनाथ मण्डल ४८०८ मतका साथ विजयी भए । ४६६४ मतका साथ कांग्रेसकी रोहिणी कुमारी यादव विजयी भइन् । 

४ नम्बर वडामा दिलिपकुमार यादव, ९ मा सूर्यनाथ यादव, १२ मा रामदेव यादव विजयी भए । यस्तै गोलबजार नगरपालिकामाको वडा नम्बर ५ मा कांग्रेसका वालकृष्ण गौतममात्र विजयी भए । धनगढीमाई नगरापलिकामा पनि कांग्रेसले वडामा मात्र जित्न सक्यो । १३ वडा मध्ये ५ नम्बर वडामा मात्र कांग्रेसका रामजतन कामैत विजयी भए । गएको निर्वाचनबाट नरहा गाउँपालिकामा कांग्रेसको अवस्था एकदमै कमजोर देखिन्छ । वडा नम्बर २ मा पार्टीका तर्फबाट ज्ञानदेसिंह दनुवार विजयी भएर पार्टीलाई निल हुनबाट जोगाएका थिए । 

कांग्रेसले नवराजपुर गाउँपालिकामा भने अध्यक्ष उपाध्यक्ष दुबै जितेको थियो । पार्टीका तर्फबाट उमेदवार बनेका विश्वमोहन प्रसाद यादव २३८३ मतका साथ अध्यक्ष र २३७७ मतका साथ शोभाकुमारी यादव उपाध्यक्ष पदमा विजयी भए । वडा तर्फ वडा नम्बर २ मा खुसिलाल शाह, ४ मा मदन यादव, ५ मा मनोजकुमार यादव विजयी भएका थिए । यस्तै, बरियारपट्टि गाउँपालिकामा वडा नम्बर ४ मा कांग्रेसका नविनकुमार यादवले मात्र वडाअध्यक्ष जितेर पार्टीलाई निल हुनबाट जोगएका थिए । भगवानपुर गाउँपालिकामा भने पार्टी निल लागेको थियो । 

२०७४ को निर्वाचनमा माओवादी केन्द्रको पकडमा रहेको मिर्चैया नगरपालिकामा पनि कांग्रेस निरिह बन्यो । पार्टीका तर्फबाट ६ नम्बर वडामा देवकृष्ण साह, ८ मा राम जतन यादव, ९ मा मोहन प्रसाद पोखरेल, १२ मा तपेश्वर यादवमात्र विजयी भए । जिल्लाको लक्ष्मीपुरपतारि गाउँपालिकाको वडा नम्बर ४ मा विद्यानन्द साह सुडी , ५ मा देव कुमार यादवमात्र विजयी भए । यहाँ ६ वटा वडा रहेको छ । यस्तै एमालेले जितेको लहान नगरपालिकामा कांग्रेस दोस्रो स्थानमा मात्र आउन सक्यो । २४ वडा रहेको नगरमा वडा नम्बर १ मा पार्टीका तर्फबाट फागुलाल चौधरी, २ मा सियाराम यादव, ३ मा रामदयाल महतो, ६ मा अरुणकुमार पोखरेल, १२ मा बद्रीनारायण चौधरी, १४ मा महेश कुमार श्रेष्ठ, १५ मा तेजनारायण चौधरी, १६ मा गडुलबहादुर गुर्जा मगर, २३ मा कन्हैया प्रसाद गुप्ता विजयी भए । विष्णुपुर गाउँपालिकामा एक वडा सदस्य बाहेक कांग्रेसले केही जित्न सकेन । सखुवानान्कारकट्टी गाउँपालिकामा कांग्रेस निल नै लागेको थियो ।

२२ वडा रहेको जिल्लाको दोस्रो ठूलो सिरहा नगरपालिकामा पनि कांग्रेसले अन्य पार्टीसँग टक्कर गर्न सकेन । वडा तर्फ भने १ नम्बर वडामा महेश कुमार यादव, ३ मा रामबहादुर मण्डल, ४ मा ईजहारूल हक, ५ मा सुलिन्द्र वैद्या यादव, ६ मा विजय कुमार यादव, १५ मा धनिक लाल यादव, २० मा रामचन्द्र यादव, २१ मा सुरेन्द्र मण्डल, २२ मा आशा राम यादवले वडा अध्यक्ष जितेका थिए । 

यस्तै खुसीपर नगरपालिकामा पनि कांग्रेस वडामै सिमित भयो । उसले वडा नम्बर २ मा भुपनेश्वर यादव, ३ मा विजय कर्ण दास मात्र विजयी भएका थिए । जिल्लाको कर्जन्हा नगरपालिकामा माओवादीसँग कांग्रेसले चुनावी लडाई लड्न सकेन । कांग्रेस यो नगरमा निल लाग्यो । 

महोत्तरीमा कमजोर 

१५ स्थानीय तह रहेको महोत्तरीमा २०७८ सालमा भएको निर्वाचनमा कांग्रेसले ३ स्थानीय तहमा प्रमुख १ स्थानीय तहमा मात्र उपप्रमुख जित्न सफल भयो । जिल्लामा १० नगरपालिका र ५ गाउँपालिका रहेका छन् । जसमा १३८ वडा रहेको छ  । कांग्रेसले ३५ वडा जित्यो । ४ स्थानीय तहमा भने निल लागेको थियो । 

जिल्लाको गौशााला नगरपालिकामा कांग्रेस तेस्रो स्थानमा मात्र आउन सक्यो । यता, पार्टीको तर्फबाट वडा नम्बर ३ मा उमेदवार बनेका विरेन्द्र चौधरी वडा अध्यक्षमा विजयी भए । यस्तै, ५ नम्बर वडामा धमेन्द्र साह कलवार, ९ मा महेश प्रसाद सिंह, ११ मा बद्री नारायण श्रेष्ठ विजयी भए । जलेश्वर नगरपालिकामा पनि कांग्रेस वडामै सदस्यमा सिमित भयो । अन्यमा भने निल लाग्यो । 

अघिल्लो स्थानीय तह निर्वाचनमा पिपरा गाउँपालिकामा कांग्रेस ‘निल’ लागेको थियो । यस्तै महोत्तरी गाउँपालिकामा पनि कांग्रेस निल लागेको थियो । 

जिल्लाको साम्सी गाउँपालिकामा भने कांग्रेसले केही वडा जित्न सफल भएको देखिन्छ,तर अध्यक्ष उपाध्यक्षमा भने पार्टी पछाडि परेको थियो । वडा नम्बर १ मा विपीन विहारी यदुवीर, ४ मा अजयकुमार यादवले कांग्रेसलाई निल लाग्नबाट जोगाएका थिए । 

सोनाम गाउँपालिकामा पनि कांग्रेसले अघिल्लो निर्वाचनमा वडामै चित्त बुझाउनु परेको थियो । २ नम्बर वडामा प्रबोध राय यादव, ५ मा राम विनय राय यादव, ६ मा श्याम राय यादव पार्टीबाट उमेदवार बन्दै विजयी भएका थिए । यता, एकडारा गाउँपालिकामा पनि वडामै सिमित भएको कांग्रेसबाट वडा नम्बर १ मा रेहान रेजा अंसारी वडा अध्यक्षमा विजयी हुँदै पार्टीलाई निल लाग्नबाट जोगाएका थिए ।

गएको स्थानीय तह निर्वाचनमा कांग्रेसले औरही नगरपालिका प्रमुख भने जितेको थियो । उपप्रमुख भने गुमाएको थियो । नगरप्रमुखमा सुनिल कुमार यादव ३१५९ मतका साथ विजयी भएका थिए । यस्तै वडा तर्फ वडा नम्बर ४ सियाराम राय, ५ मा किशोरी प्रसाद यादव, ६ मा नरेश यादव विजयी भए । वर्दिवास नगरपालिकामा माओवादी अघि अघि कांग्रेस पछि पछि देखिएको छ । नगरको मुख्य प्रमुख उप्रमुख पदमा दोस्रो बनेको कांग्रेसले वडा नम्बर २ मा चोलाराज प्याकुरेल, ४ मा दिपबहादुर कार्की, ९ मा टेकबिर रखाल मगर, १४ मा भरत बहादुर हमाल विजयी भएका थिए । 


यता, बलवा नगरपालिकाको प्रमुख कांग्रेसले जितेको थियो तर, उपप्रमुख भने जित्न सकेन । नगरप्रमुखका कांग्रेसका ३६१६ मतका साथ विनोद कुमार यादव विजयी भएका थिए । वडा तर्फ वडा नम्बर २ मा राजकुमार शाह, ३ मा राजदेव कपडी, ११ मा योगेन्द्र प्रसाद यादव विजयी हुन सफल भएका थिए ।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचन अन्तर्गत भँगाहा नगरपालिकाको प्रमुख उपप्रमुख पद पनि कांग्रेसले गुमाएको थियो । 


९ वडा मध्ये पार्टीले वडा नम्बर २ मा रामेश्वर प्रसाद सिंह थारू, ९ मा राजबाबु यादव मात्र गरि २ वडा जितेको थियो । मटिहानी नगरपालिकामा भने कांग्रेस निल लागेको थियो । यस्तै मनरा शिसवा नगरपालिकाको ९ नम्बर वडामा कांग्रेसका वलिराम राय, १० मा अरुण कुमार चौधरी मात्र विजयी भए । 


यता, रामगोपालपुर नगरपालिकामा पनि कांग्रेस वडामै सिमिति भयो । उसको २ नम्बर वडामा मोहम्मद जनिफ खाँ, ३ मा जयनारायण मण्डल, ४ मा कारी कमख्या महतो, ६ मा रामबाबु यादव, ९ मा राजिन्दर यादव मात्र विजयी भए । 


उपप्रमुख दुबै जितेको थियो । ४५२३ मतका साथ शैलेन्द्र कुमार यादव प्रमुखमा र ४५९२ सरिता शर्मा उपप्रमुखमा विजयी भएका थिए । वडा तर्फ वडा नम्बर १ मा राजीशरण यादव, २ मा राम एकावल दाश, ३ मा रामशरण यादव, ५ मा शेष निरुदिन, ६ मा पंकज कुमार साह, ८ मा राम बाबु यादव, ९ मा जमुना यादव विजयी भएका थिए । 


सबैभन्दा धेरै स्थानीय तह भएको सर्लाहीमा कांग्रेस ५ स्थानीय तहमा विजयी 

सर्लाही जिल्ला देशको सबैभन्दा धेरै स्थानीय तह भएको जिल्ला हो । २० स्थानीय तहमध्ये कांग्रेसले ५ स्थानीय तहमा प्रमुख र ४ स्थानीय तहमा उपप्रमुख जित्न सफल भयो । कांग्रेसले २०० वडामध्ये  ४७ वडा जितेको थियो । 

ईश्वरपुर नगरपालिकामा एमालेको पकडमा छ । गाउँपालिका अध्यक्ष उपाध्यक्ष दुबै कांग्रेसले गुमायो । कांग्रेसका तर्फबाट वडा नम्बर ७ मा सुरत सिंह, ८ मा श्यामबहादुर थापा, १० मा रासनारायण चौधरी , १२ मा नागेन्द्र पाख्रिन, १३ नम्बर वडामा रामकरण महतो कोइरीले मात्र जित हासिल गर्न सफल भए । जिल्लाको कविलासी नगरापालिकामा पनि कांग्रेस वडामै सिमिति भयो । १० वडा रहेको नगरमा वडा नम्बर १ मा पार्टीका तर्फबाट उमेदवार बनेका कांग्रेसका दिपलाल राय यादव, २ मा खहेरु ठाकुर हजाम मात्र विजयी भए । कौडेना गाउँपालिका प्रमुख उपप्रमुख पनि कांग्रेसले जित्न सकेन । 

नगरको सत्ता राजपाको हातमा छ । कांग्रेका तर्फबाट वडा नम्बर १ मा मनोज कुमार साह, २ मा भिखारी ठाकुर मात्र विजयी हुन सफल भए । 

अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसले कांग्रेसले गौडेटा नगरपालिकामा दोस्रो स्थानमा चित्त बुझाउनु परेको थियो । 

यहाँ पनि राजपा विजयी भयो । कांग्रेसले वडा तर्फ भने वडा नम्बर ५ मा सुनिल कुमार रस्तोगी, १२ मा शम्भुनारायण प्रसाद कुसवाहले मात्र जित हासिल गर्न सफल भए । चक्रघट्ट गाउँपालिकामा पनि कांग्रेसले माओवादीलाई पछि पार्न सकेन । यता, वडा तर्फ भने १ नम्बर वडामा रामनाथ भारती, ६ नम्बर वडामा प्रेम राय यादव, ७ मा महेश राय, ९ मा राम इश्वर ठाकुर लोहार विजयी भएका थिए । चन्द्रनगर गाउँपालिकामा पनि कांग्रेसलाई राजपाले पछि पारेको देखिन्छ । वडा नम्बर ७ मा रामनारायण कुमर दनुवार विजयी भएकाले मात्र कांग्रेस निल लाग्नबाट जोगिएको थियो । 

धनकौल गाउँपालिकामा भने कांग्रेसले जित्न सफल भयो । 

गाउँपालिका अध्यक्षमा कांग्रेसका उमेदवार रामआश्रय साह ४५२१ मतका साथ विजयी भए । यस्तै उपाध्यक्षमा अकली सहनी ४४६१ मतका साथ विजयी भइन् । वडा तर्फ भने वडा नम्बर १ मा गौरिशंकर महतो, २ नम्बर वडामा रामबहादुर सहनी, ७ नम्बर वडामा राम लखन राय विजयी भएका थिए । पर्सा गाउँपालिकामा भने कांग्रेस तेस्रो स्थानमा रहेको छ । 

यहाँ संघीय समाजवादी फोरमले गाउँपालिका अध्यक्ष उपाध्यक्ष जितेको थियो । कांग्रेस यहाा निल लागेको थियो । 

अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेस बरहथवा नगरपालिकामा पराजित भएको थियो । माओवादीले जितेको नगरमा कांग्रेसले केही वडामा मात्र जित्न सक्यो । ४ नम्बर वडामा लखेन्द्र महतो, ७ मा सियाराम दास, १४ नम्बर वाडमा संजय कुमार, १६ मा नविन कुमार खनाल मात्र वडा अध्यक्षम विजयी भए । 

बलरा नगरपालिकामा पनि राष्ट्रिय जनता पार्टीको कव्जामै रह्यो । यहाँ पनि कांग्रेस केही वडामा सीमित भयो । वडा नम्बर १ मा सन्तोषकुमार सिंह, ४ मा केशव झा, ५ मा मनोज मोहन कुमार सिंह, ९ मा राम दरेश दास वडा अध्यक्षमा विजयी भए । यता, बासवरिया गाउँपालिकामा भने कांग्रेसका रामअयोध्याय यादवले अध्यक्ष जित्न सफल भए । उनले २२५५ मत ल्याउँदा उपाध्यक्ष पद भने कांग्रेसले गुमायो । यस्तै वडा तर्फ भने ३ नम्बर वडामा नन्दलाल महतो, ५ मा सरोज राय विजयी भएका थिए । बागमती नगरपालिकामा कांग्रेस निल लागेको थियो । ब्रह्मपुरी गाउँपालिकामा पनि कांग्रेस निलनै लागेको थियो ।

मलंगवा नगरपालिकामा भने प्रमुख उपप्रमुख नै कांग्रेसले जितेको थियो । नगरप्रमुखमा ४२४४ मत ल्याउँदै निरसत साह विजयी भएका थिए । यस्तै उपप्रमुखमा ३७८२ मतका साथ शान्ति सवनम विजयी भइन् । 

१२ वडामध्ये वडा नम्बर ३ मा रामकैलाश शाह, ६ मा तैयव मिया मुकेरी, ८ मा इश्वरी कुमार श्रेष्ठ, ११ मा नन्दकिशोर राय, १२ मा रामदरेश राय वडाअध्यक्ष विजयी भएका थिए । ७ वडा रहेको रामनगर गाउँपालिकामा पनि प्रमुख उपप्रमुख कांग्रेसले जितेको थियो । पार्टीबाट बनेका उमेदवार कृष्णप्रसाद वर्माले ३९८३ मत प्राप्त गरे । 

यस्तै ३९५७ मतका साथ नितुदेवी यादव उपप्रमुख बन्न सफल भएकी थिइन् । वडा नम्बर १ मा अशेश्वर ठाकुर, ३ मा हिरालाल साह, ४ मा रामनरेश महतो विजयी भए । १७ वडा रहेको लालबन्दी नगरपालिकामा पनि कांग्रेस कमजोर देखियो । 

कांग्रेसले वडा नम्बर ७ मा सुरेन्द्र कुमार न्यौपाने, ९ मा गोपालप्रसाद घिमिरे, १० मा टोपबहादुर श्रेष्ठ, १७ वडामा नवराज अधिकारी विजयी भएका थिए । विष्णु गाउँपालिकामा पनि नेपाल लोकतान्त्रिक फोरमसँग कांग्रेस लगायत अन्य दल पराजित भए । 

गाउँपालिकाको ४ नम्बर वडामा केही वडा सदस्यबाहेक अन्यमा पार्टी निल लाग्यो । हरिपूर नगरपालिकामा पनि कांग्रेस दोस्रो स्थानमा मत ल्याउन सफल भएको २०७४ को नतिजाले देखाउँछ । प्रमुख पद बाहेक ४ नम्बर वडामा गुणेश प्रसाद साह, ९ मा हरिनाथप्रसाद साह मा मात्र वडा अध्यक्ष जित्न सफल भए । 

गएको निर्वाचनमा ९ वडा रहेको हरिपूर्वा नगरपालिकामा भने कांग्रेसले प्रमुख उपप्रमुख दुबै जित्यो । ३७५३ मतका साथ सियाराम राय प्रमुखमा र २६४० मतका साथ चन्द्रकला देवी सुडी विजयी बन्न सफल भइन् । 

वडातर्फ कांग्रेसले २ नम्बर वडामा पुरूषोत्तम राय, ५ मा विजयकुमार यादव, ८ मा  विरेन्द्र प्रसाद यादव विजयी भएका थिए । ११ वडा रहेको हरिवन नगरपालिका कांग्रेसलाई सुखद छैन । यहाँ एमालेले जितेको थियो । ७ नम्बर वडामा नेत्रप्रसाद मैनाली वडा अध्यक्ष विजयी भएपछि कांग्रेस निल लाग्नबाट जोगिएको थियो ।

रौतहटमा कांग्रेसको सन्तोषजनक अवस्था 

१८ स्थानीय तह भएको रौतहटमा कांग्रेसले ८ पालिकामा प्रमुख पद जितेको थियो । यस्तै ६ स्थानीय तहमा मात्र उपप्रमुख पद जित्न सफल भयो । १५७ वडा मध्ये ५२ वडा जितेको थियो । 

रौतहटको गरुडा नगरपालिका प्रमुख गुमाए पनि उपप्रमुख भने कांग्रेसले जितेको थियो । प्रमुखमा संघीय समाजवादी फोरमका उमेदवारसँग कांग्रेस उमेदवार सुनिलकुमार यादव ७३ मतले पराजित भएका थिए । 

उपप्रमुखमा भने कांग्रेसकी रंगीलाकुमारी जयसवालले ४६०३ मत ल्याउँदै विजयी भएकी थिइन् । नगरमा कांग्रेसका तर्फबाट २ नम्बर वडामा बिसुनदेव सहनी मलाह, ३ नम्बर वडामा कृष्णकुमार सहनी, ४ मा चुनचुन प्रसाद, ७ मा रामेश्वर राय यादव विजयी भएका थिए । 

जिल्लाको चन्द्रपुर नगरापलिकामा नगरप्रमुखमा रामचन्द्र चौधरी विजयी भएका थिए । उनले ९७८० मत ल्याउँदा उपप्रमुखमा भने ८२६८ मत ल्याउँदै लक्ष्मी बराल पराजित भएकी थिइन् । यहाँ उपप्रमुख एमालेले जितेको तथ्यांकले देखाउँछ । १० वडा रहेको नगरमा कांग्रेसले ५ नम्बर वडामा सञ्जकुमार काफ्ले, ७ मा विष्णुप्रसाद उप्रेती, ९ मा गोविन्द प्रसाद दुलाल, १० मा जयराम चौधरी जित हासिल गरेका थिए ।


इशनाथ नगरपालिकामा भने प्रमुख उपप्रमुख नेपाल लोकतान्त्रिक फोरमले जितेको थियो । कांग्रेस दोस्रो बनेको थियो । प्रमुख पद जित्न नसकेको कांग्रेसले वडा नम्बर १ मा विगु साह, २ मा रामलक्ष्मण साह बनिया, ७ मा शेखअव्दुल खालिल, ८ मा शेख चाँद अलि विजयी भएका थिए । कटहरिया नगरपालिकामा पनि कांग्रेसले माओवादीलाई जित्न सकेन ।

पार्टीले वडा नम्बर ३ मा उमेश राय यादव, ५ मा सर्फलाल प्रसाद, ६ मा शम्भुकान्तप्रसाद यादव, ९ मा रामाज्ञा प्रसाद यादवले वडामा अध्यक्ष जित्न सफल भए । यता, गढीमाई नगरपालिका भने प्रमुख उपप्रमुख कांग्रेसले जित्न सफल भयो । ५४४७ मतका साथ प्रमुखमा श्यामप्रसाद यादव र ५५४१ मतका साथ उपप्रमुखमा समुद्रा गुप्ता विजयी भएका थिए । वडा तर्फ १ मा राम विनय राय यादव, ६ मा रामसिहासन राय, ७ मा जुवैर अन्सारी, ८ मा बैधनाथ ठाकुर लोहार, ९ मा पुनित सहनी मलाह विजयी भएका थिए । 


२०७४ को स्थानीय निर्वाचनमा जिल्लाको गुजरा नगरपालिका भने कांग्रेस वडामै खुम्चिएको थियो । वडा नम्बर ४ मा कांग्रेसका उमेदवार अव्दुल खैर विजय हुँदै पार्टीलाई निल लाग्नबाट जोगाएका थिए । गौर नगरपालिकमा पनि राजपाको अगाडी अन्य दल निरिह भएका थिए । कांग्रेसले ७ नम्बर वडामा मजहर खाँ, ८ मा  जर्नादन साह विजयी भएका थिए । यता, दुर्गा भगवती गाउँपालिकामा भने कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुबै जितेको थियो । 

अध्यक्षमा २७४१ मतका साथ अरुणकुमार साह र २१३८ का साथ मञ्जु देखि उपाध्यक्षमा विजयी भएकी थिइन् । ५ वडा रहेको गाउँपालिकामा वडा तर्फ १ नम्बर वडामा प्रद्युमन कुमार चौधरी, २ मा सुरेश चौधरी, ४ मा रामबाबु राय, ५ मा धर्मनाथ चौधरी विजयी भएक थिए । जिल्लाको देवाही गोनाही नगरपालिकामा प्रमुख संघीय समाजवादी फोरम र उपप्रमुख माओवादीले जित्दा कांग्रेस भने निल लागेको थियो । 


परोह नगरपालिकामा भने कांग्रेसले प्रमुख पद जितेको थियो । ६३३० मतका साथ कांग्रेसका शेख वकिल प्रमुख पदमा विजयी हुँदा सोही पार्टीबाट ६०९८ मतका साथ सुगन्धी गिरी उपप्रमुखमा विजयी भएकी थिइन् । वडा तर्फ कांग्रेसबाट १ नम्बर वडामा सेख समिउल्लाह, ३ मा महेश सिंह, ४ मा जवाहरलाल राय प्रसाद, ५ मा मोहम्मद निजामुद्दिन, ७ मा रद्युनाथ प्रसाद कलवार, ८ मा खेदु मुखिया, ९ मा शेख इनुस विजयी भएका थिए । 

फतुवा विजयपूर नगरपालिका प्रमुख कांग्रेसले जिते पनि उपप्रमुख पद जित्न सकेन । प्रमुखमा ३०९९ मतका साथ गोपाल राय यादव विजयी हुँदा उपप्रमुखमा ३१२७ मत ल्याएपनि अमवेया खातुन पराजित भइन् । यहाँ माओवादीले जित्यो । वडा तर्फ भने २ मा भवछिन राय यादव, ५ मा शेख एहजाज अहमद, ९ मा दिपनारायण चौधरी विजयी भएका थिए । 

बौधीमाई नगरपालिका संघीय समाजवादीले प्रमुख उपप्रमुख दुबै जित्यो । ९ वडा रहेको नगरपालिकामा कांग्रेस निल लागेको थियो । माधव नारायण नगरपालिकामा भने प्रमुख संघीय समाजवादीले जित्दा उपप्रमुख भने माओवादीले जितेको थियो । 

कांग्रेसबाट भने वडा नम्बर १ मा रणधीर प्रसाद यादव विजयी हुँदै निल लाग्नबाट जोगाएका थिए। यता, मौलापूर नगरपालिकामा प्रमुख पद माओवादीले जितेको ७४ को चुनावी नतिजाले देखाउँछ । यहाँ कांग्रेस निल लागेको थियो । ५ वडा रहेको यमुनामाइ गाउँपालिकामा माओवादी विजयी हुँदा कांग्रेस वडामा खुम्चिएको थियो । कांग्रेसका तर्फबाट वडा नम्बर ३ मा शेख अलियासले वडा अध्यक्षमा मात्र जित्न सफल भए । 

जिल्लाको राजदेवी नगरापलिका भने कांग्रेसले जितेको थियो । उपप्रमुख भने कांग्रेसले जित्न सकेन । कांग्रेसका तर्फबाट नगरप्रमुख २७८० मतका साथ धिरेन्द्रकुमार सिंह विजयी भए । यस्तै वडामा भने ६  नम्बर वडामा अच्छेलाल राउन कुर्मी विजयी भए । राजपुर नगरपालिका प्रमुखमा मोहम्मद सखिल अक्खतर कांग्रेसबाट प्रमुखमा विजयी भए । उनले ४३८८ मत ल्याउन सफल भए । 

यस्तै उपप्रमुखमा ४२३९ मतका साथ जफिरा खातुन विजयी भएकी थिइन् । ९ वडामध्ये वडा नम्बर ३ मा शेख हारुन, ४ मा शेख अनसारुल हक, ५ मा जयमंगल साह, ६ मा शेख मोजरे आलम, ७ मा शेख इन्ताजुल हक, ९ मा मोहम्मद असरफ अलि विजयी भए । 

वृन्दावन नगरपालिकामा कांग्रेसका रामस्नेही राय यादव प्रमुखमा विजयी भए । उनले ५७७० मत प्राप्त गरे । यस्तै ५७३४ मतका साथ उपप्रमुखमा नुरु जहान विजयी भइन् । वडा तर्फ कांग्रेसबाट वडा नम्बर १ मा सुवोध प्रसाद पटेल, ६ मा शेष असलम, ७ मा जयमंगल पण्डित कुम्हार, ८ मा दिनानाथ महतो, ९ मा नाजिर हुसैन विजयी भएका थिए । 

पर्सामा कांग्रेस पछि

पर्सामा कांग्रेसले ३ स्थानीय तहमा प्रमुख ५ स्थानीय तहमा उपप्रमुख जितेको थियो । यहाँ १४ स्थानीय तह रहेका छन् । ११२ वडा वडामध्ये कांग्रेसले ३७ वडा जितेको थियो ।

छिपहरमाई गाउँपालिकामा कांग्रेसले अध्यक्ष उपाध्यक्ष जित्न सकेन । यहाँ माओवादी केन्द्र दुबै पदमा हाबी भयो । कांग्रेसले ५ वडामध्ये एउटा वडामा मात्र विजयी भएको थियो । ४ नम्बर वडामा बालक राउत गदी विजयी भए ।उनले पार्टीलाई निल लाग्नबाट जोगाएका थिए । ६ वडा रहेको जगरनाथपुर गाउँपालिकामा २०७४ को निर्वाचनले कांग्रेसको अवस्था एकदमै नाजुक बनाएको देखिन्छ । ५ नम्बर वडामा विहारी महतो नुनियामात्र विजयी भएका थिए । ५ वडा रहेको धोबीनी गाउँपालिकामा पनि अध्यक्ष भने कांग्रेसले जितेको थियो । 

कांग्रेसका उमेदवार सुरेन्द्रप्रसाद कुर्मीले २१७६ मत ल्याउँदै विजयी भए । यता उपाध्यक्षमा २२२८ मत ल्याउँदै मन्जु देवी पराजित भइन् । वडा तर्फ भने, वडा नम्बर ३ मा राजकिशोर प्रसाद कुर्मी, ४ मा मजिद मियाँ विजयी भए । पकाहा मैनपुर गाउँपालिकामा भने संघीय समाजवादी फोरकमा अगाडी सबै पार्टी निरिह रहे । कांग्रेस पनि वडामा खुम्चियो । वडा नम्बर २ मा वृजमोहन पाण्डे, ४ मा ढेडी प्रसाद यादवमा मात्र विजयी भए । 


गएको स्थानीय चुनावमा कांग्रेसले जिल्लाको विन्दवासिनी गाउँपालिकामा उपप्रमुख पद जितेको थियो । प्रमुखमा भने २६०३ मत ल्याउँदै कांग्रेसका उमेदवार चन्द्रकिशोर प्रसाद वरैले संघीय समाजवादी फोरममका उमेद्वारसँग ७ मतले परातिज भएका थिए । उपाध्यक्षमा २९१३ मत ल्याउँदै पार्टीबाट उमेदवार किरण देवी विजयी भइन् । 

५ वडा मध्ये कांग्रेसबाट ४ नम्बर वडामा अनोज कुमार चौरासिया , ५ मा सुक्तदेव राउत अहिर वडा अध्यक्षमा विजयी भए ।

सखुवा प्रसौनी गाउँपालिकामा संघीय समाजवादी फोरमसँग सबै दल निरिह बने । ६ वडा मध्ये कांग्रेसले यो स्थानी तहको वडा नम्बर ६ मा लालबाबु यादव विजयी हुँदै पार्टीलाई निल हुनबाट जोगाएका थिए । 

कालिकामाई गाउँपालिकामा पनि कांग्रेस लगायत दल संघीय समाजवादीसँग पराजित भए । ५ वटा वडा रहेको गाउँपालिकाको वडा नम्बर १ मा कांग्रेस उमेदवार सीवनाथ राउत कुर्मी मात्र विजयी भए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लाको जिरा भवानी गाउँपालिकामा कांग्रेस दोस्रो स्थानमा देखियो । यहाँ अध्यक्ष उपाध्यक्ष दुबै एमालेले जितेको थियो । 

वडातर्फ भने १ नम्बरमा शेख नुमान अजाम विजयी हुँदै पार्टीलाई निल हुनबाट जोगाए । यता, ठोरी गाउँपालिकामा पनि कांग्रेस वडामै खुम्चिनु परेको थियो । वडा नम्बर २ मा श्याम हरि शर्मामात्र विजयी भए । पटेर्वा सुगौली गाउँपालिकामा कांग्रेसले उपप्रमुख जित्न सफल भयो । 


प्रमुख भने एमालेले जितेको थियो । उपप्रमुखमा विजयी ममत महतोले ३२३६ मत प्राप्त गरिन् । ५ वडा रहेको गाउँपालिकामा वडा तर्फ भने २ मा विजय गैरे, ३ मा माधव प्रसाद राउत थारू विजयी भएका थिए । 

पर्सागढी नगरापलिकामा भने प्रमुख उपप्रमुख कांग्रेसले जितेको थियो । कांग्रेसका तर्फबाट प्रमुखमा ३९६५ मतका साथ लोक नारायण यादव तथा उपप्रमुखमा ४५५९ मतका साथ अर्चना चौधरी विजयी भइन् । 

९ वटा वडा रहेको नगरपालिकामा वडा नम्बर १ मा तुलाराम महतो, २ मा बेदमन दास थारू, ४ मा समसुदीन साह देवान, ६ मा किशोर लाल अहिर, ८ मा किशुनदेव प्रसाद यादव विजयी भए । 

यस्तै पोखरीया नगरपालिकामा पनि कांग्रेस असफल भएको २०७४ को तथ्यांकले देखाउँछ । नगरप्रमुखमा र उपप्रमुख गुमाएको पार्टीबाट ३ नम्बर वडामा अजय कुमार, ४ मा लक्षुमन साह कानु , ८ मा किशोरी साह, ९ मा रामबाबु प्रसाद चौहान, १० मा सोनालाल प्रसाद गोढ विजयी भए । 

बहुदरमाई नगरपालिकामा प्रमुख उपप्रमुख कांग्रेसले जितेको थियो । कांग्रेसका तर्फबाट नितेन्द्र प्रसाद साह तेली ३४६१ मतका साथ विजयी भए । यस्तै उपप्रमुखमा ३८१८ मतका साथ गायत्री देवी विजयी भइन् । ९ वडा मध्ये वडा नम्बर ३ मा दिनेशप्रसाद यादव, ७ मा प्रभु राउत क्ुर्मी, ९ मा रविन्द्र कुमार गुप्ता विजयी भए । 

विरगञ्ज महानगरपालिका भने कांग्रेस दोस्रो स्थानमा छ । 

यहाँ संघीय समाजवादी फोरमले जितेको थियो । उपप्रमुखमा भने कांग्रेसले जितेको थियो । कांग्रेसकी शान्ति कार्कीले १९ हजार ६०७ मत प्राप्त गरेकी थिइन् । ३२ वडा मध्ये कांग्रेसले वडा नम्बर १ मा मनोज कुमार गुप्ता, ४ मा जगत प्रसाद साह कानु, ६ मा ध्रुव प्रसाद नेपाल, १० मा रामनागिन प्रसाद कानु, १५ मा गजेन्द्र प्रसाद कुर्मी, १८ मा ब्रम्हदेवप्रसाद कुर्मी, २१ मा हविव मिया नेटुवा, २४ मा दशरथ राउत कुर्मी, २६ मा शम्भु मिश्र, ३१ मा चुमन दास चौधरी विजयी भएका थिए । 

धनुषामा कांग्रेसद्वारा ८ स्थानीय तहमा जित 

१८ स्थानीय तहमध्ये कांग्रेसले आठ स्थानीय तहको प्रमुखमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ भने बाँकी १० स्थानीय तहको प्रमुखमा नेपाली कांग्रेस शून्य रह्यो । यस्तै, कुल स्थानीय तहमध्ये नेपाली कांग्रेसको तर्फबाट उपप्रमुखमा सात उपप्रमुखमा विजय हासिल गरेको छ भने बाँकी एघार स्थानीय तहमा शून्य रह्यो । कुल १६९ वडामध्ये नेपाली कांग्रेसले ४७ वडाध्यक्ष पदमा विजयी भएको थियो । 

जिल्लाको औरही गाउँपालिकामा नेपाली कांगेसका बहमदेव यादव २५६९ मतसहित र उपाध्यक्षमा मीरादेवी सहनी २४९४ मतसहित विजयी भएकी छन् । वडा नं १ मा आशेश्वर यादव विजय भएका छन् ।  वडा नं ३ मा गंगाप्रसाद यादव बडही विजयी भएका छन् । कमला नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रमउदगार गोइत ४०२० मतका साथ निर्वाचित भएका थिए भने उपपमुखमा पनि नेपाली कांग्रेसकी शिलादेवी मण्डल ४१०६ मतसहित निर्वाचित भएकी थिइन् । 

त्यसैगरी, वडा नम्बर ६ मा कांगेसका  समसुल मिया मोमिन विजयी भएका छन् भने वडा नम्बर ७ मा पनि नेपाली कांगेसका तपेश्वर यादव विजयी भएका छन् । वडा नम्बर ९ मा पनि धर्मनाथ मण्डल विजयी भएका छन् । 

२०७४ को निर्वाचनमा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकामा नेपाली कांग्रेसका योगेन्द्र पजियार ५८९९  र उपाध्यक्षमा कांग्रेसकै  रचना श्रेष्ठले ५७०१ प्राप्त गरी विजयी भएकी थिइन् । वडा नम्बर १ मा  कांग्रेसका लालबाबु यादव निर्वाचित भएका छन् । वडा नम्बर ३ मा अमर किशोर  सिंह, वडा नम्बर ४ मा जगदीश यादव, वडा नम्बर ५ मा जीवछ मण्डल, ६ मा मानबहादुर श्रेष्ठ, वडा नम्बर ८मा अशेश्वर महतो, वडा नम्बर ९ मा अशोककुमार चौधरी विजयी भएका छन् । गणेशमान चारनाथ नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेसले आफ्नो अस्तित्व जमाउन सकेन । वडा नम्बर १ मा रामसुक यादव र वडा नम्बर १०मा राजलाल यादव निर्वाचित भएका छन् । 

जनक नन्दिनी गाउँपालिकाको अध्यक्षमा २७१७ मत प्राप्त  गरी अब्दुल वरिक शेष विजय भएका छन् । उपाध्यक्षमा नेपाली कांगेसकी भारती कार्कीले ३०५१ मतसहित विजयी भएकी छन् । वडा नम्बर २ मा भोग्रेन्द्र पाठक निर्वाचित भएका छन् । वडा नम्बर ३ मा पनि कांगे्रसकै  विष्णुदेव सह बनिया विजयी भएका छन् । जनकपुर उपमहानगरपालिकामा नेपाली कांग्रेस प्रमुख र उपप्रमुख दुवै पदमा शून्य भएको छ । यस पालिकामा वडा नम्बर ५मा  मनोजकुमार साह, वडा नम्बर ९ मा  श्री परमेश्वर साह, वडा नम्बर १०मा मिथिलेशकुमार कर्ण र वडा नम्बर १२ मा  शत्रुघ्न यादव, वडा नम्बर १५ मा अशोककुमार चौधरी, वडा नम्बर  २३ मा  शत्रुधन पाण्डेय, वडा नम्बर २५मा उमेश यादव विजयी भएका थिए । 

धनुषाधाम नगरपालिका प्रमुखमा कांग्रेसका बालेश्वर मण्डल ४४७३ मत गरी विजयी भएका थिए  भने उपपमुखमा  विधादेवी भुजेल ४२०७ मतसहित विजय भएका थिए । यस्तै, वडा नम्बर १ मा विश्वनाथ यादव, वडा नम्बर २ मा परभुनारायण साह, वडा नम्बर ५ मा इन्द्रकुमार महतो, वडा नम्बर ८ मा विनोददीप लामा विजय भएका थिए । धनौजी गाउँपालिका प्रमुखमा नेपाली कांगेसका बद्रीनारायण सिंह २४२० मत र उपाध्यक्षमा  रामवतीदेवी मण्डल २३२६ मत प्राप्त गरी विजयी भएका छन् । 

वडा नम्बर २ मा राजकुमार साह, वडा नम्बर ४ मा कलीम साफी वडाध्यक्ष निर्वाचित भएका थिए । नगराइन नगरपालिका प्रमुखमा नेपाली कांग्रेससका परमेश्वर यादव ५०२९ मतका साथ विजयी भएका छन् भने उपप्रमुखमा कांग्रेसकै  रञ्जुकुमारी साह ४८४९ मतका साथ विजयी भएका छन् । वडा नम्बर २ मा देवनारयण यादव, वडा नम्बर ३ मा पल्टुसाह तेली, वडा नम्बर ५ मा विष्णुदेव झा, वडा नम्बर ६ मा धनवीर मण्डल, वडा नम्बर ९ मा  रामदेव पासवान विजयी भएका छन् । 

बटेश्वर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा दुवै पदमा कांग्रेस शून्य भएको छ । वडा नम्बर १ मा नेपाली कांग्रेसका शेलेन्द्रकुमार महतो विजयी भएका छन् । वडा नम्बर ५ मा नेपाली कांग्रेसका शिवकरण यादव विजयी भएका छन् । मिथिला नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेस शून्य भएको थियो । 

यस्तै,वडा नम्बर ५ मात्रै कांग्रेसका श्यामबाबु यादव निर्वाचित भएका छन् । अन्य वडामा कांग्रेस शून्य भएको छ । मिथिला बिहारी नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा कांग्रेस नील भएको छ । वडा नम्बर १ मा नेपाली कांग्रेसका प्रमोदकुमार मण्डल विजयी भएका छन् । वडा नम्बर ६ मा  रामप्रकाश यादव वडा नम्बर १० मा ललितनारायण झा विजयी भएका छन् । 


मुखियापट्टी मुसहरनिया  गाउँपालिकामा कांग्रेस अध्यक्ष, उपाध्यक्ष र सबै वडामा उपस्थितिविहीन बनेको थियो । लक्ष्मीनिया गाउँपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस शून्य भएको छ । वडा नम्बर ५ मा  नेपाली कांग्रेसका फुलगेन यादव निर्वाचित भएका छन् । 

विदेह गाउँपालिका प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेस शून्य भएको थियो भने वडा नम्बर २ मा कांग्रेसका श्रवणकुमार कुशियैत, वडा नम्बर ३ मा विल्टु राय, वडा नम्बर ७ मा श्याम कुमार यादव, वडा नम्बर ९ मा जुमराति नदाफ विजय भएका छन् । 

शहीद नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेस नेतृत्वविहीन भएको थियो । वडा नम्बर १मा नेपाली कांग्रेसका तेजीलाल यादव निर्वाचित भएका छन् भने वडा नम्बर ४ मा कन्हैया मुखिया विजयी भएका छन् । यस्तै, वडा नम्बर ५ मा रामरतन पासमान निर्वाचित भएका छन् । 

गएको स्थानीय तह निर्वाचनमा सवैला नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका विजयशंकरप्रसाद साह ५२०० मतका साथ विजयी भएका छन् भने उपप्रमुखमा नेपाली कांग्रेस शून्य भएको छ । 
वडा नम्बर ९ मा सुशील कुमार राय अमात विजयी भएका छन् भने, वडा नम्बर १०मा नेपाली कांग्रेसका परमेश्वर सुडी निर्वाचित भएका छन् । हंसपुर नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा कांग्रेस शून्य भएको छ । यस्तै, कांग्रेस वडा नम्बर ६ मा मेथुरा चौधरी निर्वाचित भएका छन् ।


१६ स्थानीय तह भएको बारामा यस्तो छ अवस्था
 
कुल १६ स्थानीय तह रहेको जिल्लामा नेपाली कांग्रेसले ६ पालिकामध्ये नेपाली कांग्रेसले  ६ पालिका प्रमुख र ६ वटै उपप्रमुख  पदमा आफ्नो वर्चस्व कायम राख्न सफल भएको छ । त्यस्तै, कुल १६७ वडा रहेको यस जिल्लामा नेपाली कांग्रेसले ३६ वटा वडामा आफ्नो वर्चस्व कायम राख्न सफल भएको छ । 

जिल्लाको आदर्श कोटवाल गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा शून्य नजिता हात पारेको थियो । त्यसैगरी ८ वटा स्थानीय तह भएको यो गाउँपालिकामा नेपाली कांग्रेसले वडा नम्बर ६ वडाध्यक्ष पदमा विजय गरी आफ्नो जोगाउन सफल भएको छ । करिमामाई गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजय हासिल गरेको छ । ३३२९ मतका साथ भुनेश्वर थानी अध्यक्ष पदमा विजय भएका थिए भने चित्ररेखा कुमारी चौधरी ३३७२ मतसहित उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । आठ वटा वडा भएको यस गाउँपलिकामा नेपाली कांग्रेसले वडा नम्बर ५ मा उमेशप्रसाद चौधरी, वडा नम्बर ७ मा विरिज चौधरी विजयी हासिल भएका छन् ।

गएको स्थानीय तह निर्वाचनमा कलैया उपमहानगरपालिका प्रमुखमा कांग्रेसका तर्फबाट उमेदवार बनेका राजेश राय यादव १०९०३ मत प्राप्त गरी विजयी भएका थिए । त्यसैगरी, उपप्रमुख पदमा रहिमा खातुन १०५३८ मतका प्राप्त गरी विजयी भएकी थिइन् । कुल २७ वडा भएको यो गाउँपालिकामा कांग्रेस ६ वाटा वडामा मात्रै कांग्रेसका वडाध्यक्ष विजयी भएका छन् । जुुन कुल वडाको लगभग २३ प्रतिशत स्थानीय तहमा मात्रै कांग्रेसको उपस्थिति भएको हो । वडा नम्बर १ मा हरिओम सोनार, वडा नम्बर ७मा सैफुल्लाह मिया अंसारी, वडा नम्बर १५मा भोरिक प्रसाद यादव ,वडा नम्बर १८ मा अम्बिका प्रसाद यादव, वडा नम्बर २०मा महमद इमामुदिन, वडा नम्बर २४मा हरिलाल चौधरी विजयी भएका छन् ।  

कोल्हली नगरपालिकामा भने नेपाली कांग्रेस पालिका प्रमुख र उपप्रमखु दुवै पदमा नील भएको थियो । कुल ११  वडा भएको यस पालिकामा नेपाली कांग्रेसले वडा नम्बर १ मा वीरेन्द्रप्रसाद चौधरी, वडा नम्बर ३ मा किसुनदयाल चौधरी थारु, वडा नम्बर ५ मा बासुप्रसाद चौधरी, वडा नम्बर ८ मार्थक पौडेल, वडा नम्बर ९ मा योगेश चौधरी, वडा नम्बर ११मा नन्दकिशोर चौधरी विजय भएका थिए । 

यस्तै, जिल्लाको अर्को उपमहानगरपालिका जीतपुर सिमरा उपमहानगरपालिकामा नेपाली कांग्रेसले प्रमुख  र उपप्रमुख दुवै पद जित्न सकेन । कुल २४ वडा रहेको यस पालिकामा नेपाली कांग्रेसले वडा नम्बर १ मा हिराबहादुर गुरुङ, वडा नम्बर ७ मा रामबाबुप्रसाद कलवार, वडा नम्बर १२मा लालबाबुप्रसाद चौधरी, वडा नम्बर १७मा  नवराजबहादुर खड्का, वडा नम्बर २०मा रसुल मिया असारी विजयी भएका थिए । देवताल गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसले आफ्नो अस्तित्व देखाउन सकेन । कुल सात वडा रहेको यस स्थानीय तहमा कांग्रेसले कुनै पनि वडामा आफ्नो अस्तित्व बचाउन सकेन । अर्थात् यहाँ कांग्रेस यहाँ निल लाग्यो । 

बाराको निजगढ गाउँपालिकामा भने कांग्रेसले जित्न सक्यो । अध्यक्षमा नेपाली कांग्रेसका सुरेशकुमार खनाल ७६४८ मतसहित विजयी भए भने उपाध्यक्ष पदमा कांग्रेसले जित हात पार्न सकेन । 

यस्तै, कुल १३ वडा रहेको  यस गाउँपालिकाका वडामध्ये वडा नम्बर १ मा मंगले लोप्चन, वडा नम्बर ८ मा टेकबहादुर लामा, वडा नम्बर, १० मा पदमबहादुर मोक्तान,वडा नम्बर १२ ज्ञानबहादुर आले र वडा नम्बर १३ मा सूर्य घलानले  विजयी भएका थिए । यता, पचरौता गगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेस शून्य बनेको थियो । 

कुल नौ वडा रहेको यस पालिकामा नेपाली कांग्रेसले वडा नम्बर ८मा सर्वजित राय यादव, वडा नम्बर ९ मा गौरिशंकर साह कानुले विजय हासिल गरेका छन् । परवानीपुर गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली काग्रेसले शून्य नतिजा हासिल गरेको छ । कुल ५ वडा रहेको यस पालिकामा नेपाली कांग्रेसले वडा नम्बर २ मा ईश्वरीप्रसाद साह तेली विजयी भएका छन् । 


२०७४ को चुनाबाटा प्रसौनी गाउँपालिकाको अध्यक्ष र  उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस निल बनेको थियो । कुल सात वडा भएको यस पालिकामा नेपाली कांग्रेसले आफ्नो अस्तित्व एउटा वडामा मात्र राख्न सफल भएको थियो । वडा नम्बर ७ मा राममणि गुप्ता विजयी भएका थिए ।

यता, फेटा गाउँपालिका अध्यक्ष  र उपाध्यक्ष दुवै पदमा शून्य नतिजा हासिल गरेको नेपाली कांग्रेस सबै वडामा नील भएको थियो । यस पालिकामा ७ वडा रहेका छन् । बारागढी गाउँपालिकामा अध्यक्ष पदमा देवदत्त बछाङ थारू २६१८ मतका साथ विजयी भए पनि कांग्रेसले उपाध्यक्ष पदको नतिजा आफ्नो पक्षमा निकाल्न सकेन । कुल ७ वडा रहेको यस पालिकामा नेपाली कांग्रेसले वडा नम्बर १ मा नन्दलाल राय थारु, वडा नम्बर ४ मा रामकृपाल चौधरी विजयी हासिल गरेको छ । 

महागढीमाई नगरपालिकामा नेपाली कांग्रेसका उपेन्द्रप्रसाद यादव ५७६५ मतका साथ विजयी भएका थिए भने उपप्रमुखमा पनि नेपाली कांग्रेसकै  तारादेवी कानु ५३७५ विजयी भएकी थिइन् ।
 
कुल ११ वडा रहेको यस पालिकामा नेपाली कांग्रेसले वडा नम्बर १ मा सुदामा साह कानु, वडा नम्बर ३ मा उपेन्द्रप्रसाद जैसवाल, वडा नम्बर ६ मा  रामजीप्रसाद बरै, वडा नम्बर ७ मा रामजन्मप्रसाद यादव, वडा नम्बर ८ मा जाहिर अन्सारी विजयी भएका थिए । यस्तै विश्रामपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसले शून्य नतिजा हासिल गरेको छ । 

कुल ५ वडा रहेको यस पालिकामा नेपाली कांग्रेसले वडा नम्बर ४ मा विजयी भएको छ । यस वडामा  लालझरी देवी विजयी भएकी हुन् । जिल्लाको सिम्रौनगढ नगरपालिकामा कांग्रेसका  विजयशंकर यादव ५१३५ मतका साथ विजयी भए भने उपप्रमखुमा नतिजा शून्य रह्यो । कुल ११ वडा रहेको यस पालिकाको वडा नम्बर ६ मा शंकर साह कानु मात्र विजय भए । अन्य वडामा नतिजा शून्य रह्यो । बाराको सुवर्ण गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसले नतिजा आफ्नो पक्षमा पार्न असफल रहेको थियो । कुल ८ वडा रहेको यस पालिकामा नेपाली कांग्रेसले सबै वडामा शून्य नतिजा हासिल गरेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  ०९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro