अर्थ व्यवसाय
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सरकारविरुद्ध सर्वोच्च अदालत गएका छन् ।
गएको चैत २५ गते सरकारले अधिकारीमाथि छानबिन समिति गठन गरेपछि अधिकारी गभर्नर पदबाट निलम्बित छन् । आफूमाथिको छानबिन समिति गठन गैरकानुनी भएको भन्दै अन्तरिम आदेशमार्फत सरकारको निर्णय खारेजीका लागि अधिकारी सर्वोच्च गएका हुन् । अधिकारीको रिट निवेदन तयार गरेर उनका वकिल सर्वोच्च गएका छन् ।
सर्वोच्च स्रोतका अनुसार अधिकारीका तर्फबाट दायर रिट आज दर्ता हुँदैन । भोलि रिट दर्ता भएपछि प्रक्रियाअनुरुप पेसी तोकिनेछ ।
प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९ १४:३५
प्रतिक्रिया दिनुहोस्