site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेले विकास र समृद्धिको नेतृत्व गर्छ : केपी ओली

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले विकास र समृद्धिको नेतृत्व विगतमा गरेको र भविष्यमा पनि गर्ने बताएका छन् । एमाले महालक्ष्मी नगर कमिटीले आज ललितपुरको सिद्धिपुरमा आयोजना गरेको नयाँँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले एमालेले सरकारको नेतृत्व गर्दा विकासका धेरै काम भएको दाबी गरे ।

विसं २०५१ मा विसं २०७२ को राजनीतिक परिवर्तन पछि सरकारको नेतृत्व गर्दा एमालेले विकासका काम गरेर नागरिकको मन जितेको उनको भनाइ छ । उनले भने, “अहिले पनि तीनै तहमा एमाले नेतृत्व आएमा नागरिकको समृद्धिको आकाङ्क्षा पूरा हुनसक्छ ।”

एमालेले समाजमा सहयोग आवश्यक पर्ने वर्गलाई विशेष सम्मान र आरक्षण गर्दै आएको पूर्वप्रधानमन्त्री ओलीले बताए । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता एमाले नेतृत्वको सरकारले ल्याएको र समयानुसार बढाएको उनले बताए । शारीरिक अपाङ्गता भएका व्यक्ति, अशक्त, एकल महिलालगायतका बर्गले एमालेलाई नै रुचाएको उनको भनाइ छ ।

आफूले सरकारको नेतृत्व गर्दा तुइन विस्थापित गरेर त्यस ठाउँमा झोलुङ्गे पुल निर्माणलाई अघि बढाएको अध्यक्ष ओलीले बताए । आफूले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा देशभरका धेरै सडक चौडा बनाएको उनको दाबी थियो । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  १९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro