site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शिक्षकलाई पर्याप्त सुविधा दिन प्रतिबद्ध छौँ : मन्त्री पौडेल
फाइल तस्बिर ।
SkywellSkywell

सिन्धुपाल्चोक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पर्याप्त सेवासुविधा दिन आफू कटिबद्ध रहेको बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा आज बाह्रबिसे नगरपालिका–३, खुर्बासानी बजारमा आयोजित दोस्रो जिल्ला अधिवेशनमा उनले शिक्षकलाई सम्मान गरे मात्रै शिक्षा क्षेत्र सुधारिने बताए । केही नमुना विद्यालयको उदाहरण दिँदै उनले यस्तै शैक्षिक संस्था बनाउनुपर्नेमा जोड दिए ।

Dabur Nepal
NIC Asia

त्यहाँ उपस्थित शिक्षकको गुनासो सुन्दै शिक्षामन्त्री पौडेलले देशभरको शिक्षकको गुनासो सुनेर आवश्यक पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरे । एकै प्रकृतिका शिक्षक हुनुपर्ने, राहत शिक्षकलाई दरबन्दीमा रूपान्तरण गरी आन्तरिक प्रतिस्पर्धा गरी स्थायी गरिनुपर्ने र उमेर हद पुगेका शिक्षकको सम्मानलगायत माग शिक्षामन्त्रीसामु राखिएको थियो ।

शिक्षामन्त्री पौडेलले विद्यालय समयभित्र राजनीति नगर्न आग्रह समेत गरे । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  २२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu