राजनीति
काठमाडौं । सोमबार एमाले प्रवेश गरेका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी फेरि माओवादी केन्द्रमा फर्किएका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै उनले आफू माओवादी केन्द्रमा फर्किएको बताएका छन् ।
"मभित्र क्षणिक आक्रोश र आवेगमा आई राजनीतिक रूपमा गम्भीर गल्ती कमजोरी हुन गई समग्र पार्टी, बेनीघाट रोराङ र धादिङको पार्टी पंक्तिमा पर्न गएको क्षतिप्रति गम्भीर रूपमा आत्माआलोचना गर्न चाहन्छु । आगामी दिनमा माओवादी केन्द्रमा रही पार्टीको निर्णय अनुसार क्रियशील हुन्छु," उनले विज्ञप्तिमा भनेका छन् ।
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा उनलाई आफ्नो प्रवेश गराएका थिए ।
प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८ २१:०२
प्रतिक्रिया दिनुहोस्