site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देउवालाई ओलीको प्रश्न– दिल्ली दूतावासमा चुच्चे नक्सा राखेर आउने कि हटाएर ? 
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भारतको राजधानी नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमा नेपालको चुच्चे नक्सा नराखिएको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार काठमाडौंमा भएको नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय अधिवेशनमा बोल्दै उनले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दिल्ली दूतावासमा चुच्चे नक्सा राखेर फर्कने कि हटाएर भन्दै प्रश्न गरे ।

“दिल्लीस्थित राजदूतवासमा टाँगिएको फोटोमा त्यहाँ नेपालको नक्सा बुच्चे राखिएको छ, चुच्चे हटाइएको छ,” ओलीले प्रश्न छ, “फर्किनुभन्दा अगाडि दिल्ली दूतावासमा हाम्रो संविधानले भनेको नक्सा, संविधान संशोधन गरेर बनाएको नक्सा राखेर फर्किनुहुन्छ कि हटाएर फर्किनुहुन्छ शेरबहादुरजी ?”

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले पहिले चुच्चे नक्सा बनाउन त परको कुरा बोल्न समेत कसैले आँट नगरेको भन्दै आफ्नो सरकारले नक्सा छापेर मात्र होइन, संविधान संशोधन गरे पनि दिल्ली दूतावासमा सुटुक्क बुच्चे नक्सा झुन्ड्याइएको बताए ।

“लिम्पिियाधुरा, लिपुलेक, कालापानी नेपालको भूभाग हो भन्ने थाहा छैन भने यो सरकारलाई केचाहिँ थाहा छ त ?,” ओलीको प्रश्न थियो ।

प्रधानमन्त्री देउवा सरकारको १०० दिनको किताब निकाल्दा समेत चुच्चे नक्सा हटाउनु साधारण कुरा नभएको उनको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १४:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro