site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पुनःनिर्माण नसकिँदै बिग्रियो धरहराको लिफ्ट, २२ प्रतिशत काम अझै बाँकी  
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको सुन्धारास्थित निर्माणाधीन धरहराको लिफ्ट बिग्रिएको छ । धरहराको टावरमा जडान गरिएका दुईवटा लिफ्टमध्ये एउटा लिफ्ट बिग्रिएको हो । 

निर्माण कम्पनी जीआईईपीसी–रमण कन्ट्रक्सनका अनुसार लिफ्टको ६–६ महिनामा मेन्टेनेन्स हुनुपर्ने थियो । कम्पनीका प्रोजक्ट म्यानेजर सञ्जय नकर्मीले ओभरल मेन्टेनेन्स नहुँदा लिफ्टमा समस्या आएको बताए । 

‘‘लिफ्टको लगातार मेन्टेनेन्स हुन सकेन । धरहरा निर्माणाधीन अवस्थामा मेन्टेनेन्स हुने कुुरा पनि भएन । राम्रोसँग नबन्दै धैरै मानिसहरू चढ्दा नबिग्रिने कुरै भएन,” उद्घाटनको समयमा धेरै मानिसहरू चढेको सन्दर्भलाई जोड्दै उनले भने, ‘‘कामै नलाग्ने गरी बिग्रिएको होइन । लिफ्टको मेन्टेनेन्स नहुँदा केही समस्या आएको हो ।” 

Prabhu Bank
Agni Group
NIC Asia

निर्माण कम्पनीले मानिसहरू तलमाथि गर्न ठप्प भएकाले पनि लिफ्ट जाम भएको हुनसक्ने अनुमान गरेको छ । ‘‘आजभोलि चिप सिस्टमका लिफ्टहरू दिइएको छ । टेक्निकल सिस्टम फरक प्रकृतिको छ । अहिले लिफ्टको मेन्टेनेन्स चलिरहेको छ,” नकर्मीले भने । 

धरहरा माथि तल आवतजावत गर्नको लागि दुईवटा लिफ्ट जडान गरिएको थियो । ‘‘कामै नलाग्ने गरी बिग्रिनु र मेन्टेनेन्स नपुगेर बिग्रिनु फरक कुरा हो । रेगुलर मेन्टेनेन्स हुनपर्थ्यो । धरहरा निर्माणाधीन अवस्थामा त्यो हुन सकेन,” उनले भने ।  

Global Ime bank

निर्माण कम्पनीका अनुसार हाल फिनिसिङको काम भइरहेको छ । करिब एकवर्ष पहिले वैशाख ११ गते उद्घाटन भएको धरहराको काम अझै पूरा भएको छैन ।

०७२ सालको भुकम्पले क्षति पुगेको धरहरा पुनःनिर्माणको काम अहिलेसम्म वित्तीयतर्फ ६५ प्रतिशत र भौतिकतर्फ ७८ प्रतिशत मात्रै भएको कम्पनीले जनाएको छ । कम्पनीले पुनःनिर्माण काम समयमै नसकाउँदा पुनः म्याद थपको प्रक्रिया अघि बढाएको छ । 

यसका लागि कम्पनीले चौथोपटक म्याद थप गर्न सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ भवन तथा आवास कार्यालयलाई निवेदन दिइसकेको छ । 

यसअघि तेस्रोपटक थप गरिएको म्याद यही चैत मसान्तमा सकिँदैछ । निर्माण कम्पनीले अहिलेसम्म २ अर्ब १२ करोड रुपैयाँ खर्च भइसकेको जनाएको छ । 

पुनःनिर्माण नसकिँदै गतवर्ष वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको टावर उद्घाटन गरेका थिए ।

सोही समयमा लिफ्टबाट धेरै मानिस तलमाथि गर्दा बिग्रिएको कम्पनीले जनाएको छ ।

यसो त सोही समयमा पनि लिफ्टमा समस्या आएको थियो । काम नसकिँदै आफ्नो पालामा बनेको भन्ने जस लिनकै लागि ओलीले हतार हतारमा उद्घाटन भएको भन्दै चर्को आलोचना पनि भएको थियो । 

०७५ असोज १४ गते धरहरा निर्माणका लागि ३ अर्ब ८ करोड ११ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सोही सम्झौता बमोजिम ०७७ सालमै पुनःनिर्माण भइसक्नुपर्ने थियो । 

तर, कोरोना महामारीका कारण काम अघि बढाउन नसकिएको भन्दै कम्पनीले म्याद थप माग गर्‍यो । सोहीअनुसार म्याद थप हुँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  १७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement