site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लोसपा कार्यकारिणी बैठक आज पनि बस्ने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी बैठक आज पनि बस्ने भएको छ । बुधबारबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो । 

बैठक दिउँसो १ बजे पुनः बस्नेछ । बुधबारको बैठकमा आसन्न स्थानीय तह निर्वाचनका लागि तालमेलका विषयमा कार्यकारिणी सदस्यहरूले धारणा राखेका छन् ।

बैठकमा धारणा राख्ने सदस्यहरूले पार्टीलाई उपलब्धि हुने गरी तालमेल गर्न नेतृत्वलाई सुझाव दिएका छन् । व्यक्तिगत स्वार्थभन्दा पनि नयाँ निर्माण भएको पार्टीलाई स्थापित गर्नेगरी तालमेल गर्न सुझाव आएको छ । 

बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले तालमेलको निर्णय केन्द्रबाट नभई जिल्लास्तरबाट हुनुपर्ने धारणा राखेका छन् ।

बैठकमा गठबन्धन गर्दा जिल्ला तहलाई बढी सक्रिय बनाउनुपर्ने धारणाहरू आएका छन् । 

बैठकमा स्थानीय तह निर्वाचनका लागि उमेदवार छनोट प्रक्रिया, निर्वाचनमा टिकट वितरण गर्ने अधिकार, निर्वाचन घोषणापत्र, पार्टीको विधान संशोधनलगायत एजेन्डा प्रस्तुत भएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  ०६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro